त्रिविमा मन्त्री पौडेलको अनुगमनः समयमै नतिजा निकाल्न निर्देशन | Khabarhub Khabarhub

त्रिविमा मन्त्री पौडेलको अनुगमनः समयमै नतिजा निकाल्न निर्देशन


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन् ।

मंगलबार अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका सहकुलपति पौडेलले यो अथवा त्यो बाहना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिएका हुन् ।

“कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौँ भन्ने विद्यार्थीको गुनासो छ,” सहकुलपति पौडेलले भने, “नतिजा प्रकाशन नहुँदा विद्यार्थी त्यो अवसरबाट बञ्चित हुने अवस्था आयो फास्ट ट्रयाकबाट नतिजा निकाल्नुस् ।”

सामान्यतयाः परीक्षा भएको ३ महिनापछि नतिजा आउने भएपनि ६ महिना पुग्दासम्म विश्वविद्यालयले नतिजा निकालेको छैन । अनुगमनका क्रममा मन्त्री पौडेललाई जनशक्ति अभावका कारण समयमा नतिजा निकाल्न नसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी गराए ।

‘जनशक्ति अभाव भए सेवा आयोगलाई भनेर अस्थायी कर्मचारी ल्याएर भएपनि समयमा सेवाग्राहीको काम हुनुपर्यो’, उनले भने । देशकै ठूलो विश्वविद्यालयमा पुरानो प्रणाली रहेको भन्दै यसको सुधारका लागि नयाँ योजना बनाउन प्रशासनसँग मन्त्री पौडेलले आग्रह समेत गरे ।

“मार्कसिट विद्यार्थीलाई दिने कुरालाई सिस्टममा तत्काल लैजानुस्” मन्त्री पौडेलले भने, ‘देशको ठूलो विश्वविद्यालय नयाँ प्रविधिसँग जोडिएन भने अन्य विश्वविद्यालयले के सिक्छन् ? ।”

“मानविकी संकायमा विद्यार्थीहरुको धेरै गुनासो छ, सम्बोधन गर्नुहोस्,” मन्त्री पौडेलले भने, “जनशक्ति थप्ने हाम्रो काम हो, सेवाग्राहीलाई त्यो थाहा हुँदैन । गुनासो कम आउने गरी काम गर्नुहोस् ।”

विश्वविद्यालय ‘सिस्टम’मा नभएको भन्दै भौतिक संरचना एवं विद्यार्थीलाई दिने सेवा प्रविधिमैत्री हुनुपर्नेमा उनले जोड दिए । त्यसक्रममा परीक्षा नियन्त्रक जोशीले पर्याप्त जनशक्ति भए परीक्षापछिको तीन महिनाभित्र रिजल्ट निकाल्ने बताए । उनले पुराना कर्मचारी रिटायर्ड हुँदा नयाँ कर्मचारीले ‘सिस्टम’ सिक्न एकवर्ष लाग्ने जोशीको भनाइ छ ।

उनले परीक्षा नियन्त्रक कार्यालयमा २२४ जना कर्मचारी हुनुपर्नेमा १३७ जनाले काम गरिरहेकाले समयमै नतिजा दिन नसकेको स्वीकार गरे ।

 

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  २ : ३१ बजे

हायू परिवारलाई आफन्तको जिम्मा लगाइयो

गण्डकी– सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भइ कास्कीको पोखरा महानगरपालिका–

बागमतीका खानेपानीमन्त्री खड्काले दिए राजीनामा

काठमाडौं– बागमती प्रदेशका खानेपानी तथा ऊर्जा सिँचाइमन्त्री श्यामबहादुर खड्काले राजीनामा

मधेसमा पानीको हाहाकार, टोलटोलमा ट्यांकरबाट बाँडिदै (तस्बिरहरू)

काठमाडौं– मधेस प्रदेश अहिले सुक्खाले ग्रस्त छ । वर्षा नहुँदा

राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा एक महिनामा ३० जनाको मिर्गौला प्रत्यारोपण

काठमाडौं– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले एक महिनामा ३०

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । अघिल्लो दिनको