त्रिविमा मन्त्री पौडेलको अनुगमनः समयमै नतिजा निकाल्न निर्देशन « Khabarhub

त्रिविमा मन्त्री पौडेलको अनुगमनः समयमै नतिजा निकाल्न निर्देशन


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन् ।

मंगलबार अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका सहकुलपति पौडेलले यो अथवा त्यो बाहना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिएका हुन् ।

“कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौँ भन्ने विद्यार्थीको गुनासो छ,” सहकुलपति पौडेलले भने, “नतिजा प्रकाशन नहुँदा विद्यार्थी त्यो अवसरबाट बञ्चित हुने अवस्था आयो फास्ट ट्रयाकबाट नतिजा निकाल्नुस् ।”

सामान्यतयाः परीक्षा भएको ३ महिनापछि नतिजा आउने भएपनि ६ महिना पुग्दासम्म विश्वविद्यालयले नतिजा निकालेको छैन । अनुगमनका क्रममा मन्त्री पौडेललाई जनशक्ति अभावका कारण समयमा नतिजा निकाल्न नसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी गराए ।

‘जनशक्ति अभाव भए सेवा आयोगलाई भनेर अस्थायी कर्मचारी ल्याएर भएपनि समयमा सेवाग्राहीको काम हुनुपर्यो’, उनले भने । देशकै ठूलो विश्वविद्यालयमा पुरानो प्रणाली रहेको भन्दै यसको सुधारका लागि नयाँ योजना बनाउन प्रशासनसँग मन्त्री पौडेलले आग्रह समेत गरे ।

“मार्कसिट विद्यार्थीलाई दिने कुरालाई सिस्टममा तत्काल लैजानुस्” मन्त्री पौडेलले भने, ‘देशको ठूलो विश्वविद्यालय नयाँ प्रविधिसँग जोडिएन भने अन्य विश्वविद्यालयले के सिक्छन् ? ।”

“मानविकी संकायमा विद्यार्थीहरुको धेरै गुनासो छ, सम्बोधन गर्नुहोस्,” मन्त्री पौडेलले भने, “जनशक्ति थप्ने हाम्रो काम हो, सेवाग्राहीलाई त्यो थाहा हुँदैन । गुनासो कम आउने गरी काम गर्नुहोस् ।”

विश्वविद्यालय ‘सिस्टम’मा नभएको भन्दै भौतिक संरचना एवं विद्यार्थीलाई दिने सेवा प्रविधिमैत्री हुनुपर्नेमा उनले जोड दिए । त्यसक्रममा परीक्षा नियन्त्रक जोशीले पर्याप्त जनशक्ति भए परीक्षापछिको तीन महिनाभित्र रिजल्ट निकाल्ने बताए । उनले पुराना कर्मचारी रिटायर्ड हुँदा नयाँ कर्मचारीले ‘सिस्टम’ सिक्न एकवर्ष लाग्ने जोशीको भनाइ छ ।

उनले परीक्षा नियन्त्रक कार्यालयमा २२४ जना कर्मचारी हुनुपर्नेमा १३७ जनाले काम गरिरहेकाले समयमै नतिजा दिन नसकेको स्वीकार गरे ।

 

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  २ : ३१ बजे

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म