तनहुँमा आलोपालो सेवा प्रणाली लागू हुँदै « Khabarhub

तनहुँमा आलोपालो सेवा प्रणाली लागू हुँदै


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्ला प्रशासन कार्यालय तनहुँले आजदेखि आलोपालो प्रणालीबाट सेवा प्रवाह गर्ने भएको छ ।

कोभिडको संक्रमण दिनानुदिन बढ्दै गइरहेको र कार्यालयमा खोप कार्डको व्यवस्था अनिवार्य गर्दा पनि भीड कम नभएपछि आलोपालो गरी सेवा प्रवाह गर्न लागिएको होे । सोमबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले गरेको निर्णय बमोजिम सेवाग्राहीलाई कार्यालयबाट प्रदान गरिने सेवा आलोपालो माध्यमबाट दिने व्यवस्था मिलाइएको सहायक प्रजिअ काशीराम गैरेले जानकारी दिए ।

उनका अनुसार आइतबार, मंगलबार, बिहीबार तीन दिन व्यास, भानु, बन्दीपुर, देवघाट आँबुखैरेनी गाउँपालिका क्षेत्रका सेवाग्राहीलाई सेवा प्रदान गरिनेछ । त्यसैगरी, सोमबार, बुधबार र शुक्रबार शुक्लागण्डकी तथा भिमाद नगरपालिका र म्याग्दे, ऋषिङ तथा घिरिङ गाउँपालिकाका लागि पालो मिलाइएको बताइएको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ३ : ०० बजे

नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग

काठमाडौं- नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरूमा बीमा सेवामा सहजीकरण

मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला

मुस्ताङ– मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न  खुल्ला गरिएको छ

बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग

लमजुङ- वर्षायामसँगै घटेको अन्नपूर्ण पदमार्गको पर्यटक आगमन पछिल्लो दुई सातायता