एक दिवसीय सिरिज : नेदरल्यान्ड्सविरुद्ध अफगानिस्तानको क्लिन स्विप « Khabarhub

एक दिवसीय सिरिज : नेदरल्यान्ड्सविरुद्ध अफगानिस्तानको क्लिन स्विप


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफगानिस्तानले नेदरल्यान्ड्सविरुद्धको एक दिवसीय सिरिज क्लिन स्विप गरेको छ। मंगलबार भएको तेस्रो तथा अन्तिम एक दिवसीय सिरिजमा ७५ रनको जित निकाल्दै सिरिजमा क्लिन स्विप गरेको हो।

दोहामा भएको खेलमा अफगानिस्तानले दिएको २ सय ५५ रनको लक्ष्य नेदरल्यान्ड्सले पूरा गर्न सकेन। नेदरल्यान्ड्स ४२ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७९ रन मात्र बनायो।

नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले ८१ रन बनाए पनि जित निकाल्न सकेनन्। उसका लागि स्कट एड्वार्डले ५४ रनको अर्धशतकीय इनिङ्स खेले। अफगानिस्तानका क्विस अहमदले ३ विकेट लिँदा राशिद खानले दुई विकेट हात पारे।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो। उसका लागि नाजिबउल्लाह जाड्रनले ७१ रन, रियाज हसनले ५० रनको अर्धशतकीय इनिङ्स खेले भने रहमत साहले ४८ रन बनाए।

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ५ : ३३ बजे

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

आज २०८२ साल पुस ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार