भारतले ७३ औँ गणतन्त्र दिवस मनाउँदै | Khabarhub Khabarhub

भारतले ७३ औँ गणतन्त्र दिवस मनाउँदै


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले आज ७३ औँ गणतन्त्र दिवस मनाएको छ । राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नयाँ दिल्लीस्थित राजपथमा भएको गणतन्त्र दिवस परेडमा भारतको सैन्य शक्तिका साथै सांस्कृतिक विरासतको झलक देखाइएको थियो । परेडका क्रममा नारी शक्तिको प्रदर्शन पनि गरिएको थियो ।

परेडमा भारतीय वायुसेनाका ७५ विमानले कला कौशल देखाएका थिए । कोरोना महामारीको असर पनि गणतन्त्र दिवसको परेडमा देखिएको थियो । समारोहमा ५ हजार जना मात्र उपस्थित भएका थिए । प्रधानमन्त्री मोदीले शहीदहरूप्रति श्रद्धाञ्जली पनि अर्पण गरेका थिए ।

यसैबीच, भारतको ७३ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेका छन् । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएका सन्देशमा उनको सुस्वास्थ्य र सुखको कामनाका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेका छन् ।

वृटिश साम्राज्यबाट मुक्त भएर सार्वभौम अधिकारसम्पन्न भारत सरकारले सन् १९५० को जनवरी २६ तारिखमा संविधान जारी गरेको थियो । सोही दिनको सम्झनामा भारतले हरेक वर्ष जनवरी २६ तारिखमा गणतन्त्र दिवस मनाउने गर्दछ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ६ : ०३ बजे

शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि लुम्बिनी

एसइईको ग्रेड वृद्धि परीक्षा साउन २९ गतेदेखि

काठमाडौं – एसइईको पूरक परीक्षा साउनमा हुने भएको छ ।

मधेसका मुख्य मन्त्रीले भने : तीनै तहका सरकारबीच समन्वयविना विकास सम्भव छैन

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तीनै तहका सरकारबीच

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आएको

प्रविधि र नवप्रर्वतन क्षेत्रमा सहकार्य गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा