राष्ट्रियसभा चुनावः मधेशमा गठबन्धनका उम्मेदवारहरू विजयी « Khabarhub

राष्ट्रियसभा चुनावः मधेशमा गठबन्धनका उम्मेदवारहरू विजयी


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– राष्ट्रियसभा चुनावअन्तर्गत मधेश प्रदेशमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् ।

गठबन्धनका उम्मेदवारहरू मोे. खालिद र उर्मिला अर्याल विजयी भएका हुन् । खालिदले ६६ सय ७८ मतभारका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्दी एमालेका उसमान अन्सारी २७ सय ६६ मत पाएका छन् ।

महिलातर्फ गठबन्धनकी उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन् । अर्यालले २२७ मतसहित ६१ सय ५६ मतभार ल्याएर विजयी भएकी छन् । उनले प्रदेशसभा सदस्यतर्फ ६९ र स्थानीय तहतर्फ १५८ मत ल्याएकी हुन् । प्रतिद्वन्दी रूपा यादवले १०८ मतसहित २७ सय ५४ मत ल्याएकी छन् ।

राष्ट्रियसभाको १९ सिटका लागि बुधबार चुनाव भएको हो । प्रदेश १ मा तीन, मधेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन पदका मतदान भएको थियो ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ८ : २३ बजे

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको