राष्ट्रियसभा निर्वाचन : पाँच दलीय गठबन्धनका १८ उम्मेदवार विजयी « Khabarhub

राष्ट्रियसभा निर्वाचन : पाँच दलीय गठबन्धनका १८ उम्मेदवार विजयी

एमालेले जित्यो एक सिट


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि बुधबार भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी भएका छन्।

चुनावमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट प्रदेश नम्बर १ मा अल्पसङ्ख्यक कोटाका उम्मेदवार सोनाम गेल्जेन शेर्पा भने गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै चार हजार ७७० मतभारसहित विजयी भएका छन्।

निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र विजयी भएका छन्।

नेकपा (माओवादी केन्द्र)का उर्मिला अर्याल, भुवन सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की  निर्वाचित भएका छन्।

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदय बोहरा र मदनकुमार शाह निर्वाचित भएका छन्।

जनता .समाजवादी पार्टी नेपाल)का उम्मेदवार महम्मद खालिद र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका छन्। १९ सदस्य आगामी छ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन्।

निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माका अनुसार निर्वाचनमा दुई हजार २५ मतदाता कायम रहेकामा दुई हजार सात मत खसेको थियो।

सात प्रदेशका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो।

आगामी फागुन २० गते एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले रिक्त स्थानका लागि निर्वाचन भएको हो।

सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ। राष्ट्रियसभा सदस्यको निर्वाचनमा महिला, दलित अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समूह गरी १९ रिक्त पदमा नौ राजनीतिक दलका ४३ उम्मेदवार प्रतिस्पर्धामा थिए।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ९ : १४ बजे

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

तनहुँ । भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रुपमा विकास गरी साहित्यिक

स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त भएका

केपी ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत्

इरान र अमेरिकाबीचको युद्ध अन्त्यको संकेत

काठमाडौं । इरान र अमेरिका युद्ध अन्त्यको सहमति नजिक पुगेका

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको