दक्षिण कोरियामा एकै दिन १४ हजार कोभिड संक्रमित | Khabarhub Khabarhub

दक्षिण कोरियामा एकै दिन १४ हजार कोभिड संक्रमित


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– दक्षिण कोरियामा दैनिक कोभिड संक्रमितको संख्या पहिलो पटक १४ हजार नाघेको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या बढेको छ । बुधबार एकै दिन १४ हजार ५१४ नयाँ संक्रमित भेटिएका हुन् । उच्च संक्रमित तर न्यून घातक मानिएको ओमिक्रोन पछिल्ला दिनमा दक्षिण कोरियामा तीव्र फैलिएको छ ।

आगामी दिनमा दैनिक संक्रमितको संख्या अझै दोब्बर हुने स्वास्थ्य अधिकारीहरुले बताएका छन् । विज्ञहरुले दक्षिण कोरियामा दैनिक संक्रमितको संख्या २० हजार नाघ्ने अनुमान गरेका छन् ।

गम्भीर बिरामी र मृत्यु घटाउनु सरकारको मुख्य प्राथमिकता भएको प्रधानमन्त्री किम बु केउमले बताएका छन् ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  २ : १५ बजे

छठपर्वमा सुरक्षाका लागि मधेशमा ‘अप्रेसन आस्था’ लागू

धनुषा- तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका

छठमा धाप ड्यामको पानी बागमतीमा बगाइने

काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक सकिएसँगै अब भने

रुकुम पश्चिम जिप दुर्घटना : ज्यान गुमाएकाहरू सबै चर्चबाट घर फर्किँदै थिए

काठमाडौँ- रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका–३ स्यालाखदीतर्फ जाँदै

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

सुदूरपश्चिम – आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री

आँबुखैरेनीका महिलाले बेचे रु सात लाखको सयपत्री

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले