ओमिक्रोन भेरियन्ट लामो समयसम्म छाला र प्लाष्टिकमा जीवितै रहन्छः अध्ययन | Khabarhub Khabarhub

ओमिक्रोन भेरियन्ट लामो समयसम्म छाला र प्लाष्टिकमा जीवितै रहन्छः अध्ययन


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन यसअघिका भेरियन्टभन्दा लामो समयसम्म छाला र प्लाष्टिकमा जीवित रहने एउटा अध्ययनले दाबी गरेको छ । जापानका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनमा अल्फा, बिटा, डेल्टा र गामाजस्ता यसअघिका भेरियन्टभन्दा ओमिक्रोन बढी समय जीवितै रहने दाबी गरिएको हो ।

जापानस्थित क्वेटो प्रिफेक्चुर युनिभर्सिटी अफ मेडिसिनका अनुसन्धानकर्ताहरुले सार्स–कोभ–२ वुहान भाइरस र सबै भेरियन्ट अफ कन्सर्न (भीओसी) बीच भाइरल पर्यावरणीय स्थिरताको भिन्नताको विश्लेषण गरेका थिए ।

समिक्षा गर्न बाँकी रहेको सो अध्ययनले ओमिक्रोन छालमा २१ घन्टा र प्लाष्टिकको सतहमा आठ दिनसम्म बाँच्न सक्ने उल्लेख छ । सोही कारण अन्य भेरियन्टभन्दा ओमिक्रोन चाँडो फैलिन सक्ने अनुमान गरिएको छ ।

‘यी भीओसीको उच्च पर्यावरणीय स्थिरताले संसर्ग हुने र फैलाउने जोखिम बढाउन सक्छ,’ अध्ययनका लेखकहरुले भनेका छन् । भेरियन्ट अफ कन्सर्नमध्ये ओमिक्रोनको उच्च पर्यावरणीय स्थितरता रहेको यस अध्ययनले देखाएको वैज्ञानिकहरुले बताएका छन् ।

ओमिक्रोन प्लाष्टिकको सतहमा १९३ दशमलब ५ घन्टा र छालामा २१ दशमवलब १ घन्टा रहन सक्ने अध्ययनले देखाएको छ । जबकी मौलिक संक्रमण र अल्फा, बिटा, गामा, डेल्टा जस्ता अन्य भेरियन्ट क्रमशः ५६ घन्टा, १९१.३ घन्टा, १५६.६ घन्टा, ५९.३ र ११४ घन्टासम्म प्लाष्टिकमा जीवितै रहने अध्ययनको निस्कर्ष छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  २ : ३० बजे

कांग्रेसलाई बाइपास गरेर ओलीले किन भेटे प्रचण्ड ?

काठमाडौं – ०८१ असार ३० पछि प्रधानमन्त्री तथा नेकपा (एमाले)

अध्यादेशको विरोध भूमिहीनलाई जमिन नदिने षड्यन्त्र हो : पोखरेल

धनगढी – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भूमिहीन र अव्यवस्थित

पुनःउत्पादित प्लाष्टिकको मानकीकरण चुनौतीपूर्ण : विज्ञ

काठमाडौं – ‘रिसाइकल’ गरिएका प्लाष्टिकका उत्पादनको मानकीकरण चुनौतीपूर्ण रहेको सरोकारवालाहरूले

गण्डकीमा बर्सेनि खेर जान्छ सवा दुई करोडको खोप

पोखरा – बालबालिकाको खोपका लागि सरकारले गण्डकी प्रदेशमा मात्र करिब

बाढीले कमलाको काठेपुल बगाएपछि आवागमनमा समस्या

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको