बाजीगर शिल्पा र त्यो विवादित समय | Khabarhub Khabarhub

बाजीगर शिल्पा र त्यो विवादित समय


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१५ वर्ष अगाडिको एउटा चुम्बन काण्डका बारे भारतीय अदालतले अहिले फैसला गरेको छ। सो समयमा हिन्दू धर्मालम्बीहरुले सभ्यता र संस्कृतिमाथि आँच आएको भन्दै आरोप लगाएका थिए।

एक स्टेज कार्यक्रममा हलिउड अभिनेता रिचार्ड गेरेले एचआइभी एड्स सम्बन्धी जनचेतना कार्यक्रममा भारतीय अभिनेत्री शिल्पा सेठ्ठीलाई चुम्बन गरेका थिए। लगत्तै भारतमा अभिनेत्री शिल्पा र रिचार्डको ठूलो आलोचना भएको थियो। अभिनेता गेरेको विरुद्धमा मुद्दा चलाइए पनि अदालतले यसलाई सामान्य ठहर गर्दै दोष मुक्त गरेको थियो।

दिल्लीको सो कार्यक्रममा चिउँडोमा चुम्बन गरेका गेरेले पछि माफी माग्दै यसरी चुम्बन गर्दा एचआइभी सङ्क्रमण सर्दैन भनेर देखाउन र चुम्बन मार्फत चेतना जगाउने सोचले त्यो सबै भएको प्रतिक्रिया दिएका थिए। सो घटनामा गेरेले तत्कालै माफीसमेत मागेका थिए। घटना लगत्तै गेरेको नाममा वारेन्ट पेपर जारी गरे पनि भारतीय अदालतले उनलाई गिरफ्तार गर्न आवश्यक नरहेको ठहर गरेको हो।

एक स्टेज कार्यक्रममा हलिउड अभिनेता रिचार्ड गेरेले एचआइभी एड्स सम्बन्धी जनचेतना कार्यक्रममा भारतीय अभिनेत्री शिल्पा सेठ्ठीलाई चुम्बन गरेका थिए। लगत्तै भारतमा अभिनेत्री शिल्पा र रिचार्डको ठूलो आलोचना भएको थियो।

सेठ्ठीकै विरुद्धमा लागेको यो आरोप र उनी माथि चलेको मुद्दामा भने अदालतले यसै साता फैसला गरेको हो। चुम्बन भइरहेको समयमा यसलाई रोक्न प्रतिकार नगरेको कारण जनाउँदै शिल्पालाई अभियोग लगाइएको थियो।

शिल्पाले यस भन्दा फरक घटना अन्यत्र पनि नसहेकी होइनन्। बेलायतको रियालिटी टेलिभिजन सो बीग ब्रदरमा आफू माथि ‘ इन्सल्ट’ भएको गुनासो उनले बारम्बार गरेकी थिइन्। उनले धैर्य पूर्वक सोमा टिकेर उपाधि नै जितेकी थिइन्।

संस्कृति नबुझ्दा विवाद
चुम्बन प्रकरण सन् २००७ मा भएको हो। घटना भए पछि दुवै जनालाई वारेन्ट पेपर जारी भएको थियो। ५७ वर्षीय गेरेले सोही समयमा आफूलाई भारतीय संस्कृतिको बारे कुनै कुराको जानकारी नभएको जनाएका थिए। सो समयमा ३१ वर्षकी शिल्पालाई गेरेले ढाडमा समाएर चिउँडामा चुम्बन गरेका हुन्।

घटना भएपछि स्थानीय अधिकारीले राजस्थानको जयपुरमा मुद्दा दर्ता गरेका थिए। घटनाले चर्चा र परिचर्चा बटुल्न थालेपछि गरेले माफी माग्दै कुनै पनि सजाय नहुनेमा विश्वास व्यक्त गरेका थिए।

अन्तर्राष्ट्रिय समुदायका सामु भने गेरेले भारतमा केही दक्षिणपन्थी राजनीतिक शक्ति हाबी भएको तथा यसै कारणले बढी प्रोपोगान्डा मच्चाइएको गुनासो गरेका थिए। शिल्पा माथि कै आरोपमा गेरेको हर्कत अत्यन्त कामुक भए पनि प्रतिकार नगरेर साथ दिएको भन्ने नै थियो। गेरेले भने शिल्पाको बचाउ गरीरहेका थिए।

आफूलाई भारतीय संस्कृतिको बारे जानकारी नभई गरेको क्रियाकलापका लागि शिल्पालाई दोषी ठहर गर्नु अनुपयुक्त हुने धारणा गेरेले राखेका थिए।

घटना भए लगत्तै भारतका छापाहरूमा छ्यापछ्याप्ती सो फोटो छापिएका थिए। सर्वत्र यसको विरोध भए पनि शिल्पाले भने गेरेले सही सोचले सो कार्य गरेको भन्दै त्यसको बचाउ गरेकी थिइन्।

‘सिकागो’ र ‘प्रीटी उम्यान’जस्ता सफल चलचित्रका अभिनेता गेरे आफै बौद्ध धर्मावलम्बी समेत हुन्। उनी त्यो घटना अघि बारम्बार भारत आउने गरेका थिए।

गेरैकै मुद्दा १० महिना भन्दा बढी भारतीय अदालतमा रहेको थियो। सन् २००८ मा भारतको सर्वोच्च अदालतले त्यसलाई तुच्छ अर्थको भन्दै यस्तो आरोप लगाएर सस्तो लोकप्रियता आर्जन गर्न खोजिएको तथा भारतको छवि अन्तर्राष्ट्रिय क्षेत्रमा बिगार्न प्रयास गरिएको भन्नेसमेत ठहर गरेको थियो।

सन् १९९० को दशकमा ब्लकबस्टर फिल्म ‘बाजीगर’ मार्फत भारतीय सिने जगतमा सनसनी फैलाएकी शिल्पाले तीन दशकको यात्रामा धड्कन, मे खेलाडी तु अनाडी र इन्डियन जस्ता सफल चलचित्रमा अभिनय गरेकी छन्।

सेलीब्रेटी विग ब्रदरमा सफलता पाएकी उनले त्यहाँ रहँदा विभिन्न कारणले चर्चा बटुलेकी थिइन्। साथै विवादमा पनि मुछिएकी थिइन्। त्यस रियालिटी सोमा सफलता पाउँदै उनले १ लाख पाउन्ड पुरस्कार बुझेकी थिइन्। तर, त्यो सफलता कम्ती सजिलो थिएन।

उनले बारम्बार धम्की र जातीय भेदभावपूर्ण व्यवहारको सामना गरेकी थिइन्। शिल्पाले अन्तिम चरणमा गायक माइकल ज्याक्सनकै परिवारका जर्मीन ज्याक्सनलाई हराएकी थिइन्।

सन् २००७ मा रातो कुर्ता र जिन्स पाइन्टमा सजिँदै पुरस्कार ग्रहण गर्न पुगेकी सो दृश्यलाई अहिले पनि संसारले सुन्दरताको प्रतीक ठान्ने गरेको छ। लामो समयपछि शिल्पा अर्की चर्चित र विवादास्पद फिल्म अभिनेत्री नेहा धुपीयाको रियालिटी सो ‘नो फिल्टर नेहा’मा सहभागिता जनाउन पुगेकी थिइन्। सो समयमा पनि उनले विगतमा भएका जस्ता कुनै पनि कुराको अपेक्षा नगरेकाले मात्र सोमा उपस्थिति जनाएको प्रतिक्रिया दिएकी थिइन्।

शिल्पाको जीवन र परिवार
अहिलेको समयमा जीवनलाई हेर्ने शिल्पाको दृष्टिकोणमा धेरै फरक आइ सकेका छन्। एउटा महत्त्वाकाङ्क्षा र लक्ष्यले प्रेरित शिल्पाको हकमा समयको अन्तराल र बढ्दो उमेरका कारण यी फरक देखिएका हुन्। हाल व्यापारमा संलग्न उनका लागि रङ्गको दुनियाँमा अहिले कुनै लक्ष्य छैन। नौ वर्षीय छोरा भीयनकी आमा शिल्पा सुरोगेसी मार्फत छोरी समिसाको पनि आमा बनेकी छिन्।

शिल्पाका लागि दुई सन्तान र श्रीमान् राज कुन्द्रसंगको जीवन यापनको विषय नै अहिले महत्त्वपूर्ण बने पनि सन् २०२१ मा शिल्पाको जीवनमा अर्को झड्का आइ लागेको छ। श्रीमान् राज कुन्द्र ‘ पर्न फिल्म ’ काण्डमा मुछिएर गिरफ्तार भए पछि शिल्पाको जीवनमा अर्को धक्का लागेको हो।

१३ वर्ष अभिनय क्षेत्रबाट टाढा रहेकी शिल्पा गत वर्ष सबिर खानको निकम्मा मार्फत फिल्मी दुनियाँमा फेरी फर्किएकी छिन्। सो फिल्ममा शिल्पाको साथमा अभिमन्यु देसाइ र युट्युबका सनसनी सर्ली सेटिया पनि थिए।

यी दुःख र कष्टका बाबजुद शिल्पाको जीवनलाई हेर्नेहरू त्यो बेलायतको रियालिटी सोलाई भने बिर्सन सक्ने छैनन्। त्यो समयमा उनी माथि यत्तिसम्म रङ्गभेदी व्यवहार गरिएको थियो की सोका एक सहभागी डानीयल लायडले उनलाई कुकुरको संज्ञा समेत दिएका थिए।

एक सहभागी जो मेयराले भारतीय सधैँ बिरामी हुने भएकाले तिनीहरू दुब्लो हुने सम्मको प्रतिक्रिया दिएका थिए। उनले भारतीयले पकाएको खाना पनि नपाक्ने प्रतिक्रिया दिएका थिए। लायडले कुनै खाने कुरा शिल्पालाई छुन दिन पनि नहुने भन्ने अभिव्यक्ति दिएका थिए।

एक पटक शिल्पाले शौचालयमा चिकेन सुप फ्याकेकी थिइन्। सो समयमा पनि त्यसै घरमा बस्ने ज्याक ट्वेडले दाँत झार्नु पर्ने भन्ने अभिव्यक्ति दिएका थिए। सोको समयमा बारम्बार शिल्पाको अङ्ग्रेजी कमजोर भन्दै हेला गर्ने गरिन्थ्यो। धेरै पटक उनलाई घर फर्कन दबाब समेत दिइएको थियो। एक पटक त शिल्पाले आफ्नो घरमा बस्ने अर्की साथी वाटकीन्सका सामु सबै प्रतिष्ठा गुमाउँदै गएको प्रतिक्रिया दिएकी थिइन्।

२००७ मै यो सोमा जित पनि हात पारेपछि अन्तर्राष्ट्रिय क्षेत्रमा उनको पहिचान र उपस्थिति त्यसै अनुसार भएको थियो। यसै बीचमा शिल्पाले जेड र डानीयलले गल्ती महसुस गरेका कारण आफूले क्षमा दिएको बताइन्। सोमा संलग्न गुड्डीले पनि शिल्पा माथि भएको सम्पूर्ण व्यवहारका कारण आफूले क्षमा याचना गरेको कुरा अभिव्यक्त गरेका थिए।

यस दुर्व्यवहार सामना गरी रहेकी शिल्पाको ‘लाइफ इन मेट्रो ’ को लन्डनमा प्रीमीयर भएको थियो। यस प्रीमीयरको दौरान लायड पनि शिल्पासँग त्यो सो हेर्न त्यहाँ पुगेका थिए।

त्यो सो बेलायतको टेलिभिजनमा देखाइए पछि भारतीय र बेलायती सरकारको समेत ध्यान आकृष्ट भएको थियो। रङ्गभेदी सोचलाई बढवा दिएको भन्दै सन् २००८ मा त्यस सो माथि प्रतिबन्ध पनि लागेको थियो। उनी माथिको यो रङ्गभेदी नीतिका कारण थुप्रै प्रायोजक समेत त्यस सोबाट बाहिरिएका थिए। घटना यत्तिमा रोकिएको थिएन। बेलायतको नियामक संस्थाले गरेको छानबिनमा धेरै दोषी पाइएपछि त्यो सो नै बन्द भएको थियो।

बिस बोस रियालिटी सोको विवाद र सफलताका साथै गेरीको चुम्बनको दृश्य शिल्पाका जीवनका विवादास्पद र धेरैले सम्झने घटना हुन्। अदालतको यो निर्णयसँगै शिल्पाको जीवनका सम्पूर्ण विवादास्पद घटनामा सायद पूर्ण विराम लागेको छ। एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ८ : २० बजे

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

एजेन्सी – गाजामा शनिबार भएको इजरायली हमलामा छ बालबालिकासहित १९

समाजवाद स्थापना नभएसम्म क्रान्ति जारी रहन्छ : विप्लव 

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको

अर्थोपेडिक अस्पताल जोरपाटी : ३४ बिरामीको घुँडाको शल्यक्रिया

काठमाडौं – नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको

बीआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बेल्ट एण्ड रोड (बीआरआई)मा

चिलिमेका तीन जलविद्युत आयोजना तयार, थपियो १६८ मेगावाट बिजुली

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा