भोजपुरमा ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ | Khabarhub Khabarhub

भोजपुरमा ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर – जिल्ला प्रहरी कार्यालयले खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुई मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि दुवै चालकलाई नियन्त्रणमा लिएको हो ।

सदरमुकाम नजिकैको दुम्सिकास्थित को१ख ६२३२ र ना६ख ७४७८ नंको ट्रकमा ब्राउन सुगर लुकाएर लग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनकुमार अधिकारीले बताए ।

उनीहरूका साथबाट करिब दुई ग्राम एक मिलीग्राम ब्राउन सुगर र रु ८३ हजार ६०० नगद बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ट्रक चालक धनकुटा नगरपालिका घर भई मोरङ केराबारी बस्दै आएका २९ वर्षीय सुमन तामाङ र स्खुवासभा धर्मदेवी नगरपालिका–५ बस्ने ३७ वर्षीय दलबहादुर मगर रहेका छन् । नियन्त्रणमा लिइएका दुवै ट्रक भोजपुरबाट धरान जाँदै गरेका थिए ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १० : ५९ बजे

महानवमीमा नवदुर्गा भगवतीको विशेष पूजा आराधना  

 काठमाडौं– आज  महानवमी, नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।

पूर्वराष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ पर्वले सम्पूर्ण नेपालीहरू बीचको सामाजिक–सांस्कृतिक

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित यस वर्षको

विद्यार्थीहरूको नतिजा सुधार्न बिदाका समयमा ‘फेस्टिभल क्याम्प’

काठमाडौं– कक्षा १० का विद्यार्थीहरूको शैक्षिक नतिजा सुधारका लागि काठमाडौं

सभामुख घिमिरेको गृहजिल्ला झापामा हुने भनिएको कार्यक्रम रद्द

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गृहजिल्ला झापामा हुने दसैँको शुभकामना