रात्रिकालीन व्यवसाय एक साताभित्र सञ्चालन गर्न नदिए आन्दोलन गर्ने चेतावनी « Khabarhub

रात्रिकालीन व्यवसाय एक साताभित्र सञ्चालन गर्न नदिए आन्दोलन गर्ने चेतावनी


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रात्रिकालीन व्यावसायीहरूले एक हप्ताभित्र व्यवसाय सञ्चालन गर्न नदिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

शुक्रबार रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरूले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न नदिए १ लाख व्यवसायी र ३ लाख मजदुरसहित सडक संघर्षमा उत्रने चेतावनी दिएका हुन् ।

पत्रकार सम्मेलनमा रात्रिकालीन मनोरञ्जन व्यवसायी संघका अध्यक्ष आशिष खड्काले सरकारले तत्काल व्यवसाय सञ्चालन गर्न नदिए सडकमा उत्रन बाध्य हुने चेतावनी दिए । जिम्मेवार निकायमा पुग्दा आफूहरूले व्यवसाय तत्काल सञ्चालन गर्न पाउनेमा ढुक्क नभएकाले चेतावनी दिनुपरेको उनको भनाई छ ।

दोहोरी व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठले रात्रिकालीन व्यवसाय बन्द हुँदा कामदारहरू बेरोजगार हुनुपरेको भन्दै सरकारले बिना अध्ययन नै यो व्यवसायलाई बन्द गराउँदा सञ्चालक मात्र नभएर त्यहाँ कार्यरत् श्रमिकहरू समेत मर्कामा परेको बताए ।

अर्का रात्री व्यवसायी केशरबहादुर बुढाथोकीले अन्य पेशा व्यवसाय भन्दा सबैभन्दा बढी मर्कामा पर्ने रात्रिकालीन व्यवसाय भएकाले सरकारले यो तत्कालै खुलाउन पहल गर्नपर्ने बताए ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ६ : १९ बजे

तस्बिरमा हेर्नुहोस्, ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस

काठमाडौं– ललितपुर महानगरपालिकाले बुधबार आफ्नो १०७ औँ स्थापना दिवस मनाएको

कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु

एजेन्सी– कम्बोडियाले सिमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको

‘मतदान सम्पन्न भएको दुई घण्टामा नतिजा आउँछ’

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा मतदान मतदान जारी छ। नेता

दिउँसैसम्म हुस्सु-कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो

कञ्चनपुर– यहाँ बिहानैदेखि हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै

यस्तो छ एमाले महाधिवेशनस्थल बाहिरको अवस्था (तस्बिरहरू)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व