एनआरएनएद्वारा साउदीमा बिचल्लीमा परेका ६ युवाको उद्धार | Khabarhub Khabarhub

एनआरएनएद्वारा साउदीमा बिचल्लीमा परेका ६ युवाको उद्धार


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोजगारीको लागि साउदी पुगेका ६ नेपाली युवा बिच्चलीमा परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उद्धार गरेर स्वदेश फर्काएको छ ।

विभिन्न कारणले अवैधानिक हैसियतमा पुगेका उनीहरुलाई संघको पहलमा स्वदेश फर्काइएको हो । संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार कल्याणकारी विभागका संयोजक डा. बद्री केसीका अनुसार आवासीय अनुमतिपत्र नवीकरण हुन नसक्दा उनीहरु साउदीमा बन्दी जीवन बिताउन बाध्य थिए ।

भिसाविहीन भइ अलपत्र परेका ताप्लेजुङका यज्ञप्रसाद विष्ट, सिन्धुपाल्चोकका एकराज तामाङ, झापाका मदन कुमार उप्रेती, काभ्रेपलाञ्चोकका शंकर बिक,सप्तरीका जितेन कुमार मण्डल र सुनिल कुमार यादवलाई शुक्रबार बिहान उद्धार गरी स्वदेश फर्काइएको उनले बताए ।

भनेजस्तो सेवासुविधा नपाएपछि उनीहरुले गर्दै आएको कम्पनी छोडेर अन्यत्र भागेका थिए। राम्रो कमाइ हुने प्रलोभनमा परी कम्पनी छोडेका उनीहरु त्यसपछि भने थप समस्यामा परेका थिए ।

‘डेढ सालमा पनि ऋण तिर्न नसकेपछि घरबाट आमाबुवाले कराइरहे। अन्यत्र राम्रो कमाइ हुन्छ भनेर कम्पनी छोडेर भागियो। तर,उल्टै दुःख पाइयो,’सप्तरीका जितेन कुमार मण्डलले भने। उनलाई साउदीमै रहेका झापाका दुर्गा नाम गरेका एजेण्टले प्रलोभन देखाएर कम्पनी छोड्न उक्साएका थिए ।

‘नेपाली भनेर विश्वास गरिहालियो । तर, उल्टै ठग्यो। तीन महिनासम्मको तलब पनि दिएन,’ मण्डलले सुनाए, ‘आफै अवैध रुपमा बसेकोले तलब पाएन, दु ः ख दियो भनेर कतै उजुरी गर्ने ठाउँ पनि थिएन। अन्त्यमा एनआरएनएका सरहरुले सहयोग गर्नुभयो।’

ताप्लेजुङका विष्टले भागेर काम गर्दा धेरै कठिनाइ भोग्नु परेको बताए। उनी साउदी पुगेको १६ महिनापछि कम्पनी छोडेर भागेका थिए। ‘भागेर काम त पाइँदो रहेछ । तर, पैसा भने नपाइने। तलब माग्दा उल्टै धम्की दिँदा रहेछन्,’ विदेशमा रहेका अन्य नेपालीलाई कम्पनी नछोड्न सुझाव दिँदै विष्टले भने, ‘कोही पनि भागेर काम नगर्नुहोला।अवैध हुँदा धेरै दुःख पाइने रहेछ।’

संघका नेपालमा रहेका स्वंसेवकहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गएर उनीहरुलाई स्वागत गर्दै घरसम्म जान यातयात खर्चको व्यवस्था समेत गरेका थिए।

एनआरएनएको यो विभागले दातृसंस्थाको सहकार्यमा कोभिड–१९ राहत,व्यवस्थापन तथा उद्धार कार्यक्रममार्फत विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्दै आएको छ। हालसम्म यो कार्यक्रममार्फत विदेशमा समस्यामा परेका २६ हजारभन्दा बढी नेपालीलाई विभिन्न सहयोग पु¥याइएको परियोजना प्रमुख सुजता शर्माले बताइन् ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ९ : ४० बजे

संस्कृतिमन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रको अवलोकन

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले साउनको

ट्याङ्करको ठक्करबाट एकको मृत्यु, एक घाइते

भरतपुर – नारायणगढ–मुग्लिन सडकखण्डमा तेल बाकेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा

पोखराको होटल जननीमा शनिबारको रात बिताएर अन्यत्र हिँडेको थियो हायू परिवार

काठमाडौं– सिन्धुलीबाट गत बिहीबार रातिदेखि हराएका हायू परिवारका १६ जना

सुख्खा पहिराले पृथ्वीराजमार्गको डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

तनहुँ – मुग्लिन पोखरा सडकखण्डअन्तर्गत डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ

सिन्धुलीबाट हराएका हायू परिवार कास्कीमा भेटिए

सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएको भनिएको हायू