महासंघको निष्कर्ष– पत्रकार विश्वकर्माको मृत्युको मुख्य कारण अस्पताल « Khabarhub

महासंघको निष्कर्ष– पत्रकार विश्वकर्माको मृत्युको मुख्य कारण अस्पताल


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघले टीभी टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको निधनमा सिभिल अस्पतालको लापरबाही मुख्य कारण रहेको निष्कर्ष निकालेको छ । महासङ्घले घटनाको अध्ययन गर्न गठन गरेको समितिले यस्तो निष्कर्ष निकालेको हो ।

महासङ्घको केन्द्रीय सदस्य रामकृष्ण अधिकारीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन महासंघले गरेको थियो । उक्त समितिको अध्ययन निष्कर्षले अस्पतालको लापरबाही नै मृत्युको पहिलो कारण रहको जानकारी गराएको छ ।

सरकारको स्वामित्वमा सञ्चालित उक्त अस्पताल प्रशासन सेवाग्राहीमैत्री नहुनुको परिणामले पत्रकार विश्वकर्माको निधन भएको अध्ययन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

महासंघले यस प्रकरणको निस्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनु अस्पतालको जिम्मेवारी र कर्तव्य हुने बताएको छ ।

महासंघले अग्रपङ्क्तिमा रहेर खटिरहेका पत्रकारको स्वास्थ्य उपचारका लागि विशेष व्यवस्था गर्न सरकारसँग माग पनि गरेको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ९ : ३८ बजे

स्थानीयको पहलले भोजपुरमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

भोजपुर– स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला