स्वामी दयानन्द सरस्वतीका ९ अमर वाणी « Khabarhub

स्वामी दयानन्द सरस्वतीका ९ अमर वाणी


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१) सत्यलाई ग्रहण गर्न र असत्यलाई छोड्नको लागि सधैँ तत्पर रहनुपर्दछ ।

२) आर्य समाजको मुख्य उद्देश्य संसारको उपकार गर्नु हो ।

३) प्रत्येक व्यक्ति आफ्नो उन्नतिबाट सन्तुष्ट हुनुहुन्न । उसले सबैको उन्नतिमा नै आफ्नो उन्नति सम्झनुपर्दछ ।

४) सबै मानिसले सामाजिक, सर्व हितकारी नियम पालनामा परतन्त्र रहनुपर्दछ र प्रत्येक हितकारीले सबै नियमबाट स्वतन्त्र रहुन् भनी कामना गर्नुपर्दछ ।

५) पाप नगर्नु विश्वको कल्याण गर्नु हो ।

६) विद्या बढाउनु पर्छ र अविद्याको नाश गर्नुपर्दछ ।

७) जो बलवान भएर निर्बलको रक्षा गर्दछ, यही सच्चा मानव हो । बलको अहङ्कारमा निर्बललाई उत्पीडित गर्नेवाला त पशु हो ।

८) सत्य, विद्या र जुन पदार्थलाई विद्याको रूपमा चिनिन्छ ती सबको आदि मूल त परमेश्वर हो ।

९) ईश्वर सच्चिदानन्द रूप, निराकार, सर्वशक्तिमान्, न्याय प्रिय, दयालु, अजन्मा, अनन्त, निर्विकार, अनादि, अनुपम, सर्वाधार, सर्वेश्वर, सर्वव्यापक, सर्वान्तर्यामी, अजर, अमर, अभय, नित्य, पवित्र र सृष्टिकर्ता हुन् । यस्ता ईश्वरको सदा उपासना गर्नुपर्दछ ।

साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ५ : ५३ बजे

राष्ट्रियसभा : बालिका माथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

भक्तपुर– भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ

१५० दिनमै प्रधानमन्त्री बालेन कमजोर बनेको इन्डिया टुडेको दाबी

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहको नेतृत्वबारे भारतीय सञ्चारमाध्यम

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

ओखलढुंगाको तीनछाँगे झरना पर्यटकको पर्खाइमा

ओखलढुङ्गा- ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा