फरक कथामा ‘मुना तिमी घर जाउ’ | Khabarhub Khabarhub

फरक कथामा ‘मुना तिमी घर जाउ’


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्व गौडेलको शब्द, दीपक शर्माको स्वर तथा संगीत रहेको गीत ‘मुना तिमी घर जाउ’को भिडियो सार्वजनिक भएको छ । चलनचल्तीको गीतभन्दा भिन्न लाग्ने यस गीतको भिडियो पनि गीतको कथा अनुसारकै रहेको छ ।

गीत र भिडियोले परदेश गएको आफ्नै साथीकी श्रीमतीसँगको सम्बन्ध र त्यसबाट निम्तिने घटनालाई देखाईएको छ । ऋषि बरालले निर्देशन गरेको भिडियोमा जिबि चिरन, दिपेश परियार र मनिषा ओझाको अभिनय रहेको छ । गीतको एरेन्ज उदयराज पौडेलले गरेका छन् ।

यस गीतको अडियो तथा भिडियो प्रोडक्शन ब्लेक ब्रोज इन्टरटेन्मेन्टले गरेको छ । प्रोडक्शन टीममा ब्लेक गौडेल, ब्रेनन गौडेल र सन्ध्या थापा रहेका छन् । प्रविन घिमिरेले छायांकन गरेका छन् भने विनोद बमले सम्पादन तथा कलर ग्रेडिंग गरेका छन् । भिडियोमा गीतको अंग्रेजी सबटाइटाल पनि राखिएको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ११ : ५९ बजे

बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री

झापा– बिर्तामोडस्थित कृषि थोक बजारबाट एक महिनाको अवधिमा रु एक

माओवादीले २० गते एकतामा आउने पार्टीसँग बैठक बसेर संगठनात्मक विषय टुङ्गो लगाउने

काठमाडौं– नेकपा माओवादी केन्द्रले आगामी कार्तिक २० गते एकतामा आउने

कृषि पेसाबाट मनग्य आम्दानी

तेह्रथुम– नेपालको अर्थतन्त्रलाई बलियो बनाउने एक खम्बा हो, कृषि पेसा

ट्राफिक प्रहरीको अर्को कार्यालयमा काठमाडौं महानगरको डोजर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभागमा

तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा

काभ्रेपलाञ्चोक– बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ