गाउँमै प्रयोगशाला, गर्भवतीलाई सजिलोे « Khabarhub

गाउँमै प्रयोगशाला, गर्भवतीलाई सजिलोे


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा–प्रयोगशाला सेवा पाएपछि ग्रामीण स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या बढेको छ । गलकोटस्थित हटिया स्वास्थ्य चौकी र बडिगाडको ग्वालिचौर स्वास्थ्य चौकीमा सुत्केरी हुनेको सङ्ख्या बढेको हो ।

सामान्य समस्या भएपछि प्रयोगशाला अभावमा बाहिर रिफर हुने बिरामी र गर्भवतीलाई ती स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले पनि अन्यत्र नजान सुझाव दिन थालेका छन् । पछिल्लो दुई वर्षदेखि सञ्चालित ल्याबमा सबै प्रकारका परीक्षण सम्भव भएको हो ।

गलकोट नगरपालिका–३ बस्ने गोमा अर्गेजा अघिल्लो महिना हटिया स्वास्थ्य चौकीमा पुगेर सुत्केरी हुँदा ल्याब सेवा पनि पाएकाले सजिलो भएको बताइन् । ‘चारपटक गर्भजाँच र एकपटक भिडियो एक्स–रे पनि गराउन पाएर ढुक्क भएँ,’ उनले भनिन्, ‘यसअघिको बच्चाको पालामा पाल्पा पुगेकी थिएँ, अहिले यहीँ सेवा पाएँ ।’

गलकोट नगरपालिका–८ का सुरेश विकले बिरामी हुँदा रगत, खकार, पिसाबसमेत हटिया स्वास्थ्य चौकीमा परीक्षण गर्न पाएको बताए। ‘कोरोनाले सङ्क्रमित भएर पनि अन्यत्र जानुपरेन, यही सेवा पाएँ’ विकले भने, ‘सदरमुकाम जानु परेको भए होटेल खोजेर बस्नुपथ्र्यो, जाने सवारी भाडा आदि गर्दा रु पाँच हजारले पुग्दैनथ्यो ।’ हटिया स्वास्थ्य चौकीमा सबै सेवा निःशुल्क पाएको उनले बताए ।

पत्नी सुनितालाई प्रसूति व्यथाले च्याप्दा मध्यरातमा लगेर सुत्केरी गराएको उनले बताए । ‘अहिले यहाँबाट चौबिसै घन्टा स्वास्थ्य सेवा सुरु भएको रहेछ, त्यसैले रातमा पनि सहज भयो’ विकले भने । उनको घर भएको कांडेवासमा यो सेवा छैन । त्यसैले रातारात हटिया ल्याएको उनले बताए ।

हटिया स्वास्थ्य चौकी प्रमुख दिलु सुवेदीका अनुसार जिल्ला सदरमुकामपछि सबैभन्दा धेरै बिरामीले हटियाबाट स्वास्थ्य परीक्षण र सेवा लिन्छन् । गत वर्ष ८६० जनाले ल्याब सेवा लिएकामा चालु वर्षमा ४५० जनाले सेवा लिइसकेका छन् ।

हरेक वर्ष २५० भन्दा बढीले सुरक्षित सुत्केरी सेवा लिने गरेका छन् । चालु वर्ष पनि एक सयभन्दा बढीले सेवा लिइसकेको उनले बताइन् । ‘स्वास्थ्य संस्थामै सुत्केरी हुनेको सङ्ख्या शत्प्रतिशत पुग्न थालेको छ,’ सुवेदीले भनिन्, ‘एकाध बाहेक सबैले स्वास्थ्य संस्थाको सेवा लिने गर्छन् ।’

गलकोट नगरपालिकाले चारपटक गर्भ जाँच गरेर स्वास्थ्य चौकीमै सुत्केरी भएका महिलालाई चार हजार ५०० रुपैयाँ प्रोत्साहन भत्ता दिने गर्छ । नेपाल सरकारले दिने दुई हजारसमेत थप्दा छ हजार ५०० रुपैयाँ बुझेर फर्कन्छन् ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  २ : ३० बजे

प्रधानमन्त्री शाहले निर्माण व्यवसायीसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान,

कालीकोटमा कालाजारका बिरामी भेटिए

कालीकोट– हिमाली जिल्लामा पनि लामखुट्टेको टोकाइबाट लाग्ने रोगका बिरामी फेला

हर्क साम्पाङ सामाजिक सञ्जालमा किन बिर्सन्छन् हैसियत ?

सामाजिक सञ्जालमा एउटा भनाइ निकै चर्चित छ- ‘पहिले पोस्ट गर,

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ६० हजार राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार ६६ सवारीचालकलाई सवारी नियम