साउदीमा योगा महोत्सव, महिलाको उल्लेख्य उपस्थिति « Khabarhub

साउदीमा योगा महोत्सव, महिलाको उल्लेख्य उपस्थिति


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रियाद– साउदी अरबमा पहिलो पटक योगा महोत्सव आयोजना गरिएको छ । किङ अब्दुल्लाह इकोनोमिक सिटीमा शनिबार आयोजना भएको सो महोत्सवमा देशभरबाट एक हजार जना अभ्यासकर्ता सहभागी भएका थिए । महोत्सवमा युवती र महिलाहरुको उल्लेख्य उपस्थिति थियो । योगा अभ्यास गर्न र प्रख्यात प्रशिक्षकहरुको विशेष प्रस्तुति हेर्न असंख्य उत्साही र योगा अभ्यासकर्ताहरु राजधानीमा भेला भएका थिए ।

योगा हल र केन्द्रहरुले कार्यशाला र गतिविधि आयोजना गरेका थिए । केन्द्रले योगा अभ्यास, प्रतिष्प्रर्धा र खुला हावामा ध्यान गर्न सहभागीलाई तालिम प्रदान गरेको थियो ।

अल अरेवियासँगको एउटा अन्तवार्तामा साउदी योगा कमिटीका प्रमुख नोउफ बिन्ट मुहम्मद अल मारोइले भने, ‘दुई दशकअघि नै राजधानीका विभिन्न भागमा योगा फैलिनुको कारण यो खेलप्रतिको मोह हो ।’

साउदी राजधानी शौखिन र योगा अभ्यासकर्ताका लागि एउटा ठूलो आधार देखिन्छ । साउदीमा योगा अभ्यासकर्ता र प्रशिक्षकको संख्या दशौ हजार छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ३ : ०० बजे

आईपीएल अक्सन : क्यामरुन ग्रीनले बनाए महंगो खेलाडीको कीर्तिमान, कुन खेलाडी कतिमा बिके ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सनमा अष्ट्रेलियाका

पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै

कास्की– कास्कीको पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ

कोपा डेल रे : बार्सिलोनाको सहज जित

काठमाडौं – स्पेनिस कप प्रतियोगिता कोपा डेल रेमा बार्सिलोनाले सहज

एमालेमा नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान, ८० वटा भोटिङ मेसिन तयार

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका

२०८२ साल अनुरूप नै २०८३ को पञ्चाङ्ग पात्रो प्रकाशन हुने

काठमाडौं – विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै