नाडाललाई कीर्तिमानी ग्रान्डस्लामको उपाधि | Khabarhub Khabarhub

नाडाललाई कीर्तिमानी ग्रान्डस्लामको उपाधि


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राफेल नाडालले अस्ट्रेलियन ओपनको फाइनलमा आइतबार ड्यानियल मेड्भेडेभलाई २-६ ६-७ (५-७) ६-४ ६-४ ७-५ को नतिजामा पराजित गर्दै कीर्तिमानी २१औं ग्रान्डस्लाम जितेका छन् ।

मेलबर्न पार्कमा आइतबार भएको फाइनलको सुरुआती दुई सेट गुमाएका नाडालले त्यसपछिका लगातार तीन सेट जित्दै पुरुष एकलतर्फ सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी बने ।

सन् २००३ बाट ग्रान्डस्लाममा डेब्यु गरेका नाडालले १३ पटक फ्रेन्च ओपन, दुई पटक विम्बलडन र चार पटक युएस ओपन जितेका थिए । यसपालीसहित दोस्रो पटक अस्ट्रेलियन ओपन च्याम्पियन बनेका नाडालले यसअघि २००९ मा वर्षको पहिलो ग्रान्डस्लाम जितेका थिए ।

यो उपाधिसँगै टेनिसमा सर्वाधिक ग्रान्डस्लाम जित्ने एक मात्र खेलाडी बनेका छन् । यसअघि यो कीर्तिमान रोजर फेडेरर, नोभाक जोकोभिच र नाडालको नाममा थियो । तीनै खेलाडीले २०/२० पटक ग्रान्डस्लाम उपाधि जितेका थिए ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ८ : ४० बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय