अझै केही दिन मौसम सुधार नहुने « Khabarhub

अझै केही दिन मौसम सुधार नहुने


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने भएको छ । उक्त मौसमी प्रणालीका कारण केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राती प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहनाका साथै देशको उच्च पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको बताइएको छ ।

महाशाखाको अनुसार सोमबार प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव तीन डिग्री र अधिकतम तापक्रम १६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव सात डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम २१ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ८ : ५५ बजे

एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि

काठमाडौं- नेकपा एमालेको ११ औ महाधिवेशनमा मतदान भोलि बिहान ८

एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशनमा प्रतिनिधिहरूलाई हलभित्र प पस्न आग्रह

दिनभर अनुपस्थित ओली साँझ ७ बजेपछि मात्रै मतदानस्थल पुगे

 काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै