विश्वभर संक्रमितको सङ्ख्या ३७ करोड ५० लाख नाघ्यो « Khabarhub

विश्वभर संक्रमितको सङ्ख्या ३७ करोड ५० लाख नाघ्यो


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३७ करोड ५० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा २० लाख ६५ हजार नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३७ करोड ५० लाख १३ हजार १ सय ८४ पुगेको हो।

कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरमा उल्लेख भए अनुसार संक्रमितमध्ये अहिलेसम्म २९ करोड ६२ लाख निको भएका छन्। गत २४ घण्टामा मात्रै १७ लाख २२ हजार सङ्क्रमण मुक्त भएका छन्।

यस्तै २४ घण्टामा ५ हजार ५ सय कोरोना सङ्क्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५६ लाख ८१ हजार नाघेको छ।

अझैपनि ७ करोड ३० लाख सक्रिय सङ्क्रमित रहेकामा ९४ हजारको अवस्था जटिल रहेको र बाँकीको सामान्य रहेको वल्डोमिटरले जनाएको छ।

नेपालको अवस्था ?
नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

२४ घण्टामा १३ हजार १४५ नमुना परीक्षण गर्दा तीन हजार ५४० जनाको कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगिता मिश्रले जानकारी दिइन्।

मिश्रका अनुसार नौ हजार ९१० पीसीआर परीक्षण गर्दा तीन हजार ४९ जनामा र तीन हजार २३५ एन्टिजेन परीक्षण गर्दा ४९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ जना छ। पछिल्लो २४ घण्टाको कूल पीपीआर परीक्षण गर्दा ३० दशमलव ८ संक्रमण दर रहेको छ।

२४ घण्टामा ६ हजार ३५९ जना कोरोना संक्रमणमुक्त हुँदा पछिल्लो चार दिनमा थप ३२ जनाको मृत्यु भएको छ। केही अस्पतालले मृत्यु सम्बन्धी विवरण समयमा नपठाएपछि मन्त्रालयले आइतबार एकसाथ चार दिनपछि प्राप्त विवरण सार्वजनिक गरेको थियो। माघ १३ गतेदेखि १६ माघसम्मको मृत्युको संख्या थप ३२ रहेको मन्त्रालयले जनाएको छ।

 

 

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ५ : ४४ बजे

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७

विराटनगरका रसेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

विराटनगरले गुमायो पाचौँ विकेट, म्याथ्युज आउट

नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र

जनता र पार्टीलाई जोड्न मंसिरभरि देशव्यापी अभियान सञ्चालन गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जनता र पार्टीलाई जोड्नका

सम्भावित अर्नव चक्रवात : यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावलाई