हुम्ला अस्पतालको सेवा एक हप्तापछि सुरु | Khabarhub Khabarhub

हुम्ला अस्पतालको सेवा एक हप्तापछि सुरु


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हुम्ला जिल्लामा रहेको एक मात्र जिल्ला अस्पतालले एक हप्तापछि पुनः सेवा सुचारु गरेको छ । जिल्ला अस्पताल हुम्लामा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएपछि सेवा बन्द गरिएकोमा सबै सेवा एक हप्तापछि सुचारु गरेको जिल्ला अस्पताल स्रोतले जानकारी दिएको छ ।

यसअघि माघ ७ गते कोरोना परीक्षण गर्दा आठ जना स्वास्थ्यकर्मीलाई सङ्क्रमण पुष्टि भएको र सङ्क्रमण बढ्ने त्रासपछि अस्पतालले अर्को सूचना प्रकाशन नगर्दासम्मका लागि आकस्मिक बाहेक सबै सेवा बन्द गरेको थियो ।

संक्रमित स्वास्थ्यकर्मी आइसोलेसनबाट मुक्त भएकोले एक हप्तापछि जिल्ला अस्पताल हुम्लाले सबै सेवा पुनः सुरु गरेको स्वास्थ्य कार्यालय प्रमुख प्रेम बहादुर सिंहले बताए।

जिल्ला अस्पताल हुम्लाले अहिले सोमबारबाट सबै सेवा पहिलेकै अवस्थामा सुचारु गरी नागरिकहरूलाई सेवा दिएको प्रमुख सिंहले बताए । नियमित अस्पताल सञ्चालन हुने भएपछि चिकित्सक र स्वास्थ्यकर्मी २४सै घण्टा सेवामा खटिएको उनी बताउँछन् ।

जिल्ला अस्पताल हुम्ला सोमबारबाट सञ्चालनमा आएको र कार्यालय खुलेको पहिलो दिनमै पचास जना बिरामीको ओपिडीमा चेकजाँच तथा उपचार भएको अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले बताइन् ।

अस्पताल सञ्चालनमा आय लगत्तै बिरामीलाई भर्नासमेत लिने जिल्ला अस्पतालको सूचना अधिकारी भक्त पडेराले जानकारी दिएका छन् । कोरोनाका कारण अस्पतालका सेवा बन्द हुँदा दीर्घरोगीहरू समस्यामा पर्दै आएका नागरिक समाजका अगुवा राजबहादुर रोकायाले बताए ।

यसअघि अस्पतालले आकस्मिक सेवा, प्रसूति, कोरोना परीक्षण र खोप लगाउने कार्य सञ्चालन गरिएको भएता पनि अन्य सबै सेवा बन्द गरेको थियो ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ८ : ४५ बजे

भाषाभाषीबीचको विविधताले नेपालको पहिचान जोगाएको छ : सभापति देउवा

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भाषाभाषीबीचको विविधताले

सालासुङ्गी हाइड्रोपावरका एक मजदुर मृत फेला

रसुवा– उत्तरी रसुवास्थित आमाछोदिङ्मो गापा–५ को सालासुङ्गी हाइड्रोपावरमा काम गर्ने

स्थानीयस्तरमा आँखाको उपचार हुन थालेपछि नगरप्रमुखद्वारा प्रशंसा

चितवन– भरतपुर आँखा अस्पतालले स्थानीयस्तरमा सेवा केन्द्रमार्फत आँखा उपचार गर्न थालेपछि

सिमकोटमा ट्याक्टर दुर्घटना : १५ जना घाइते, एकको अवस्था गम्भीर

सिमकोट–  यहाँको सिमकोट गाउँपालिका–१ बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १५ जना

एमाले पोलिटब्युरो बैठक शनिबार फेरि बस्‍ने

काठमाडौं- नेकपा (एमाले) को शुक्रबारबाट सुरू भएको पोलिटब्युरो बैठक शनिबार