धरानमा बढ्यो डेङ्गुको महामारी « Khabarhub

धरानमा बढ्यो डेङ्गुको महामारी


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

धरान- धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा डेङ्गुका बिरामी बढेका छन् । तीन सातायता ५० बिरामीले उपचार गराइरहेको प्रतिष्ठानले जनाएको छ । धरान उपमहानगरपालिकाका अनुसार पछिल्लो समयमा फेला परेका सङ्क्रमित धरान–८ र १५ का छन् ।

डेङ्गु नियन्त्रणका लागि उपमहानगरको पहलमा ‘र्‍यापिड रेस्पोन्स टिम’ बनाएको छ । प्रतिष्ठानका स्कूल अफ पब्लिक हेल्थ तथा कम्युनिटी मेडिसिनका एशोसिएट प्रोफेसर डा विजयकुमार खनाल संयोजक, सहसंयोजक धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबाबु यादव, प्रतिष्ठानका डा प्रज्वल प्याकुरेल, डा सोनाइ चौधरी, डा लोकबहादुर श्रेष्ठ, डा जितेन्द्र ठाकुर, डा रोशन क्षेत्री, जितेन्द्र यादव, प्रतिष्ठानको सामान्य प्रशासन विभागका अधिकृत महेश्वर राई र स्वयंसेविकालगायतको टिमले धरानमा फैलिएको डेङ्गुबारे अध्ययन गरिरहेको छ ।

डेङ्गु ‘भाइरस’ फैलाउने मच्छर खेदाउन उपमहानगरले अल्फा साइफर मेथ्रिन छर्ने काम गरेको थियो । तर स्थलगतरूपमै डेङ्गुको सङ्क्रमित खोज्ने, भाइरस सर्नुको कारणसँगै नियन्त्रणको उपाय, जनचेतना फैलाउने तथा थप अनुसन्धान आवश्यक भएकाले स्थलगतरूपमै अध्ययन शुरु गरिएको प्रतिष्ठानका अस्पताल निर्देशक डा गौरीशङ्कर साहले जानकारी दिए।

धरान–१५ बाझगरा क्षेत्रमा सबैभन्दा बढी ४१ मा र धरान १३, ९, ८ वडामा बढी बिरामी देखिएका छन् । विपी प्रतिष्ठानको आवास क्षेत्रमा पनि दुई जनामा डेङ्गु सङ्क्रमण देखिएको र्‍यापिड रेस्पोन्स टिमका सदस्य महेश्वर राईले जानकारी दिए ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ११ : १४ बजे

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, दर्जनौँ घाइते

लापाज- बोलिभियाको सैन्य परिसरमा भएका दुई वटा छुट्टाछुट्टै विस्फोटमा कम्तिमा

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा

बालेनमाथि रामकुमारी झाँक्रीको आक्रोशपूर्ण- ‘अब बोल्न सुरु गरौं, हत्यारा को हो ?’

काठमाडौं– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा

चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, ठूलो एक्स्काभेटर पुर्‍याउन पहुँच सडक निर्माण सुरु

काठमाडौं- चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाको उद्धार प्रयास निरन्तर जारी

कास्की पहिरो अपडेट : घाइते कामदारको उपचारका क्रममा मृत्यु

कास्की– कास्कीको माछापुच्छ्रे  गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको