धरानमा बढ्यो डेङ्गुको महामारी | Khabarhub Khabarhub

धरानमा बढ्यो डेङ्गुको महामारी


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

धरान- धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा डेङ्गुका बिरामी बढेका छन् । तीन सातायता ५० बिरामीले उपचार गराइरहेको प्रतिष्ठानले जनाएको छ । धरान उपमहानगरपालिकाका अनुसार पछिल्लो समयमा फेला परेका सङ्क्रमित धरान–८ र १५ का छन् ।

डेङ्गु नियन्त्रणका लागि उपमहानगरको पहलमा ‘र्‍यापिड रेस्पोन्स टिम’ बनाएको छ । प्रतिष्ठानका स्कूल अफ पब्लिक हेल्थ तथा कम्युनिटी मेडिसिनका एशोसिएट प्रोफेसर डा विजयकुमार खनाल संयोजक, सहसंयोजक धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबाबु यादव, प्रतिष्ठानका डा प्रज्वल प्याकुरेल, डा सोनाइ चौधरी, डा लोकबहादुर श्रेष्ठ, डा जितेन्द्र ठाकुर, डा रोशन क्षेत्री, जितेन्द्र यादव, प्रतिष्ठानको सामान्य प्रशासन विभागका अधिकृत महेश्वर राई र स्वयंसेविकालगायतको टिमले धरानमा फैलिएको डेङ्गुबारे अध्ययन गरिरहेको छ ।

डेङ्गु ‘भाइरस’ फैलाउने मच्छर खेदाउन उपमहानगरले अल्फा साइफर मेथ्रिन छर्ने काम गरेको थियो । तर स्थलगतरूपमै डेङ्गुको सङ्क्रमित खोज्ने, भाइरस सर्नुको कारणसँगै नियन्त्रणको उपाय, जनचेतना फैलाउने तथा थप अनुसन्धान आवश्यक भएकाले स्थलगतरूपमै अध्ययन शुरु गरिएको प्रतिष्ठानका अस्पताल निर्देशक डा गौरीशङ्कर साहले जानकारी दिए।

धरान–१५ बाझगरा क्षेत्रमा सबैभन्दा बढी ४१ मा र धरान १३, ९, ८ वडामा बढी बिरामी देखिएका छन् । विपी प्रतिष्ठानको आवास क्षेत्रमा पनि दुई जनामा डेङ्गु सङ्क्रमण देखिएको र्‍यापिड रेस्पोन्स टिमका सदस्य महेश्वर राईले जानकारी दिए ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ११ : १४ बजे

सर्लाहीमा स्कुल बसले किच्दा बालिकाको मृत्यु

सर्लाही – सर्लाहीको ब्रह्मपुरीमा स्कुल बसले किचेर आज एक बालिकाको

वारेस राख्न माधव नेपाललाई विशेष अदालतले दिएन अनुमति

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई वारेसमार्फत मुद्दा लड्न

सात महिनादेखि अलपत्र गौरीघाट पुलले भक्तजनलाई समस्या

काठमाडौं – पशुपति क्षेत्रस्थित गौरीघाटबाट गुह्येश्वरी मन्दिर जाने पुल नबन्दा

आजका समाचार : कांग्रेसमा किचलोले प्रदेशमा अस्थिरता, हायु परिवारका १६ जना गायब र थाइल्याण्ड-कम्बोडिया युद्धविराम

कांग्रेसमा किचलो बढ्दा प्रदेशमा अस्थिरता, आफ्नै सरकार ढाल्न जोडबल‘म्याजिक नम्बर’

अनुगमन गरेर फर्किएका कृषि विभागका महानिर्देशकलाई प्रश्न : कस्तो रहेछ मधेसको अवस्था ?

काठमाडौं– तराई-मधेसमा लामो समयसम्म पानी नपरेपछि सरकारले साउन ७ गते