मधेस सरकारको पूर्वाधार निर्माण अध्ययनका लागि समिति गठन « Khabarhub

मधेस सरकारको पूर्वाधार निर्माण अध्ययनका लागि समिति गठन


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेश सरकारले जग्गा तथा पूर्वाधार निर्माण अध्ययन समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारको प्रशासनिक भवन, मन्त्री निवास, प्रदेशसभालगायतका संरचना निर्माणका लागि समिति गठन गरेको हो ।

भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादवको नेतृत्वमा गठित पाँच सदस्यीय समितिमा अन्य चार मन्त्री सदस्य छन् । जसमा अर्थमन्त्री शैलेन्द्र साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय यादव, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साह रहेका छन् ।

भौतिक संरचना निर्माणका लागि जग्गाको खोजी गर्ने र त्यसपछि कुन निकाय कहाँ–कहाँ राख्नेलगायत विषयको अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने जिम्मेवारी आफूहरूलाई दिइएको मधेस सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री साहले खबरहबलाई बताए ।

समितिले प्राविधिक तथा विज्ञहरूसँग पनि सल्लाह सुझाव लिने उनले जानकारी दिए । मधेस सरकारले जनकपुर चुरोट कारखाना लिमिटेडका भौतिक संरचनाहरू प्रयोग गर्दै आएको छ ।

स्थायी राजधानी तय भएपछि मधेस सरकारले आफ्नै भौतिक संरचना निर्माणका लागि तत्परता देखाएको हो ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ३ : १७ बजे

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक

चीनबाट दोस्रो चरणको राहत सामग्रीसँगै आइपुग्यो डीएनए परीक्षण विज्ञ टोली

काठमाडौं- चीन सरकारले नेपालका बाढी प्रभावित क्षेत्रमा सहयोगका लागि पठाएको

बाढी प्रभावित क्षेत्रको बिमा दाबी भुक्तानी सहज बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बिमा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब निकासा

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ

सुरुङमा फसेकाको उद्धारमा विदेशी सहयोग नलिएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले १० भदौको रसुवाको भोटेकोशीमा गएको भीषण