दक्षिण कोरिया कतार विश्वकपका लागि छनोट « Khabarhub

दक्षिण कोरिया कतार विश्वकपका लागि छनोट


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  दक्षिण कोरिया कतार विश्वकपका लागि छनोट भएको छ। विश्वकप छनोट अन्तर्गत भएको खेलमा मंगलबार सिरियालाई २-० गोलले पराजित गर्दै दक्षिण कोरिया फिफा विश्वकपमा छनोट भएको हो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दक्षिण कोरियाको जितका लागि किम जिन सु र क्वोन चाङ होनले एक एक गोल गरे।

खेलको ५३ औं मिनेटमा किमले गोल गर्दै कोरियालाई अग्रता दिलाएका थिए। ७१ औं मिनेटमा क्वोनले अग्रता दोब्बर बनाएका हुन्।

जितसँगै दक्षिण कोरियाले ८ खेलमा २० अंक जोडेको छ। इरानपछि एसियाबाट विश्वकप छनोट हुने कोरिया दोस्रो टिम बनेको छ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ६ : ०८ बजे

चालु आवको तीन महिना : मुद्रास्फीति ६.३७ प्रतिशत

काठमाडौँ– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वार्षिक विन्दुगत

चितवन र सुदूरपश्चिमको खेल हेर्न त्रिवि मैदानमा पुगेका समर्थक (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बिहीबार चितवन राइनोज र सुदूरपश्चिम

एनपीएलको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले

एनपीएलको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले