३ वर्षदेखि ठप्प रहेको रुम्जाटार उडान शुक्रबारदेखि शुरु « Khabarhub

३ वर्षदेखि ठप्प रहेको रुम्जाटार उडान शुक्रबारदेखि शुरु


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीराटनगर– ३ वर्षदेखि ठप्प रहेको काठमाडौं–रुम्जाटार–विराटनगर उडान शुक्रबारदेखि शुरु भएको छ ।

शुक्रबारदेखि हरेक साता संघीय राजधानी काठमाडौंबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नम्बर १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरु हुने प्रदेश सांसद अम्बिरबाबु गुरुङले बताए ।

रुम्जाटार विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने लिम्बुले विश्वास लिए ।

यसअघि गत असोजमा तयारी गरिए पनि यात्रु अभावका कारण रुम्जाटारमा उडान शुरु हुन सकेको थिएन ।

अब भने हरेक साताको शुक्रबार नेपाल वायुसेवा निगमले नियमित रुपमा रुम्जाटारमा उडान भर्ने छ ।

अहिले सातामा एक दिन सेवा दिने र यात्रुको चापका आधारमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरेर थप अरु दिन पनि उडान भर्ने योजना रहेको नेपाल वायुसेवा निगमको क्षेत्रीय कार्यालयले जनाएको छ ।

कार्यलयका अनुसार हरेक शुक्रबार काठमाडौँ–रुम्जाटार–विराटनगर र विराटनगर–रुम्जाटार–काठमाडौं उडान भर्ने निगमको तयारी छ ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  १ : ३० बजे

सन्तोषी माता र वैभवलक्ष्मीको पूजा कसरी गर्ने ?

काठमाडौँ– आज २०८३ साल वैशाख २५ गते शुक्रबार । जेठ

आज २०८३ साल वैशाख २५ गते शुक्रबारको राशिफल

काठमाडौँ– आज २०८३ साल वैशाख २५ गते शुक्रबार । जेठ

काठको मुढाले च्यापिएर बालकको मृत्यु

हुम्ला-काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर

संवैधानिक परिषदमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच भनाभन (वार्तासहित)

काठमाडौँ । बिहीबार संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्याे ।

लिपुलेकबारे वार्तामा बस्न भारत तयार, चीनले दिएन कुनै प्रतिक्रिया

काठमाडौं । भारतले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्तामा बस्न