पत्रकारको स्वास्थ्य बिमासम्बन्धी मापदण्ड तय गर्न समिति गठन « Khabarhub

पत्रकारको स्वास्थ्य बिमासम्बन्धी मापदण्ड तय गर्न समिति गठन


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मधेस प्रदेशअन्तर्गतको आमसञ्चार प्राधिकरणले पत्रकारको स्वास्थ्य बिमासम्बन्धी मापदण्ड निर्धारण गर्न समिति गठन गरेको छ । प्राधिकरणले पत्रकारको स्वास्थ्य बिमा गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गरी १९ सदस्यीय मापदण्ड निर्धारण समिति गठन गरेको हो।

समितिको सदस्यमा नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश समितिका अध्यक्ष, प्रदेशका आठवटै जिल्लाका पत्रकार महासङ्घ शाखाका अध्यक्ष वा प्रतिनिधि, सामुदायिक रेडियो प्रसारक सङ्घ, व्यावसायिक रेडियो, टेलिभिजनका प्रतिनिधि, आमसञ्चार प्राधिकरणका प्रशासकीय अधिकृत, मिडिया काउन्सिलका प्रशासकीय अधिकृत र दुई वरिष्ठ पत्रकारलाई राखिएको आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए ।

यस्तै सो समितिमा आमसञ्चार प्राधिकरणका अध्यक्ष यादव र मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईलाई आमन्त्रित सदस्यका रूपमा राखिएको जनाएको छ । आमसञ्चार प्राधिकरणले प्रदेशभरिका पत्रकारका लागि रु सात लाखको स्वास्थ्य बिमा गराउने तयारी गरेको छ । प्राधिकरणका अध्यक्ष यादवका अनुसार उक्त बिमामा स्वास्थ्यका साथै पत्रकारको दुर्घटना बिमा पनि समावेश गरिने छ ।

पत्रकार अस्वस्थ्य भएमा या दुर्घटनामा परेमा रु एक लाखसम्मको खर्च बिमाबाट व्यहोरिने र पत्रकार अशक्त भएमा या मृत्यु भएमा रु सात लाख प्रदान गरिने गरी बिमा गर्न लागिएको अध्यक्ष यादवले बताए ।

विषयगत समिति सभापति चयन प्रक्रिया

मधेस प्रदेशसभा सचिवालयले प्रदेशसभाअन्तर्गतका लामो समयदेखि रिक्त विभिन्न विषयगत समितिका सभापति चयन प्रक्रिया सुरु गरेको छ।

प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी प्रदेशसभाअन्तर्गतको रिक्त सार्वजनिक लेखा समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको सभापति चयन प्रक्रिया सुरु गरेको जनाएको छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन आह्वान गरेको छ ।

प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५, को नियम १४९ को उपनियम (३) अनुसार माघ २४ गते सोमबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गराउन प्रदेशसभा सचिवालयको सूचनामा उल्लेख छ । प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्य सार्वजनिक लेखा समितिको सभापति हुने व्यवस्था छ । लामो समयदेखि सो समितिको सभापति पद रिक्त छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १० : ४५ बजे

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहा– यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं

माछा मार्न गएका एक पुरुष मृत भेटिए

गोरखा– माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका

यु–१९ एसिया कप : नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौं– १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग

आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुनेमा ढुक्क छु : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई ट्रयाकमा ल्याउन

मतदान सुस्त भएपछि लाइनमा जानुअघि एमालेका प्रतिनिधिलाई दिन थालियो मतदाता शिक्षा

काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका