एक युवकका आठ पत्नी, मिलेर बस्छन् एउटै छानामुनि « Khabarhub

एक युवकका आठ पत्नी, मिलेर बस्छन् एउटै छानामुनि


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

थाइल्यान्ड– थाइल्यान्डका एक टाटु कलाकार आठ ओटा पत्नीसँग एउटै घरमा मिलेर बस्ने खुलासा गरेपछि उनी चौतर्फी चर्चामा छन् । परम्परागत यन्त्र शैलीका टाटु विज्ञ ओङ दाम सोरोट हालसालै एक जना प्रसिद्ध हास्य कलाकारसँग आफ्नो विवादास्पद वैवाहिक अवस्थाबारे एउटा कार्यक्रममा अन्तर्वाता दिएपछि उनको अनलाइन चर्चा बढेको हो ।

सोरोटले आठ ओटा विवाह गरेका छन् र उनीहरु सबै एउटै छानोमुनि बस्छन् । उनीहरुले एउटा ठूलो खुसीयाली परिवार मान्छन् । कार्यक्रममा सोरोटले आफ्ना हरेक पत्नीलाई परिचय दिँदै उनीहरुसँगको भेटबारे खुलासा गरेका छन् । त्यस्तै, आठै जना महिलाले आफ्ना पतीलाई दयालु र पृथ्वीकै सबैभन्दा विवेकशील पुरुष बताएका छन् । सबै पत्नीले उनीसँग अनौठौ तरिकाले बाँचेको दाबी गरेका छन् ।

सोरोटले पहिलो पत्नी नोङ स्प्राइटलाई साथीको विवाहमा भेटेका थिए । पहिलो भेटमै उनले विवाह प्रस्ताव गरेका थिए । दोस्रो पत्नी नोङ एललाई बजार र तेस्रो पत्नी नोङ नानलाई अस्पतालमा भेटेका थिए । त्यस्तै, चौथो, पाँचौ र छैटौं पत्नीलाई उनले क्रमशः सामाजिक सञ्जाल इन्टाग्राम, फेसबुक र टिकटकबाट भेटेका थिए । सातौ पत्नी नोङ फिल्मलाई मन्दीर जाँदा र अन्तिम पत्नीलाई चार जना श्रीमतीहरुसँग बिदामा पटैया घुम्न जाने क्रममा भेटेका थिए ।

‘उनी निकै हेरचाह गर्ने र हामीले अहिलेसम्म देखेकामध्यै सुझबुझ भएका पुरुष हुन्,’ आठै जना महिलाले भने । उनले राम्रो व्यवहार गरेकोले झगडा गर्नु नपरेको आठै जनाले बताएका छन् ।

जेठी पत्नीको तर्फबाट उनका एउटा छोरा छन् भने दुई जना पत्नी गर्भवती भएका छन् । आठ ओटा श्रीमती चार ओटा बेडमा सुत्छन् । हरेक बेडमा दुई जना पत्नी सुत्छन् । श्रीमानसँग बेड सेयर गर्न उनीहरुले पालो कुर्छन् ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  २ : ४५ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट