सर्प उद्दारकर्तालाई नै कोब्राले टोकेपछि ... | Khabarhub Khabarhub

सर्प उद्दारकर्तालाई नै कोब्राले टोकेपछि …


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा सर्पको उद्दार गर्ने काममा ख्याति कमाएका एक व्यक्ति सर्पकै टोकाइबाट गम्भीर घाइते भएका छन् । १० फिट लामो किङ कोब्राको उद्दार गर्ने क्रममा त्यसले टोक्दा उनको अवस्था गम्भीर भएको हो ।

केरलाका ४८ वर्षीय भाभा सुरेशलाई तमिल नाडुमा कोब्राको उद्दार गर्ने क्रममा सोही कोब्राले तिघ्रामा टोकेको थियो । एक स्थानीयले सार्वजनिक गरेको एउटा भिडियोमा कोब्रालाई बोरामा राख्ने क्रममा सुरेशको दायाँ तिघ्रामा टोकेको देखिन्छ ।

टोकाइका बाबजुद उनले हतारमा कोब्रालाई बोराभित्र राख्छन् । तर, केही बेरमै उनी अचेत भएर भुइँमा ढल्छन् । तत्कालै अस्पताल भर्ना गरिएको उनको अहिले आईसीयूमा उपचार भइरहेको छ । सुरुमा कोटायामको मेडिलकल कलेजमा भर्ना गरिएका उनको मुटुले २० प्रतिशत मात्र काम गरेपछि थप उपचारका लागि अर्को अस्पताल लगिएको छ ।

उनको अचेत अवस्थामा आईसीयूमा उपचार भइरहेको हिन्दूस्तान टाइम्सले जनाएको छ । सर्पको उद्दार गर्ने दुई दशक लामो पेसामा आफूले हजारौं सर्पको उद्दार गरेको र सयौं पटक सर्पले टोकेको उनले बताएका थिए । सोमबार कोब्राको उद्दार गर्न जानुअघि उनी सर्पको टोकाइका कारण अस्पतालमा उपचार गरेर फर्किएका थिए ।

कुरिचवाईको एउटा परिवारले गोठनजिक सर्पदेखेपछि उद्दार गर्न सुरेशलाई खबर गरेका थिए । यसअघि सन् २००५ मा पनि कोब्राले टोक्दा सुरेशको चोर औंला गुमाएका थिए ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ३ : ४५ बजे

अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा भारतीय गायक नौटियालको  कन्सर्ट हुने

काठमाडौं– एन अटिजम केयर फाउन्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा

स्वास्थ्य समस्यासँग जुध्न स्रोतको अभाव प्रमुख समस्या : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका

ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बोनस दिने 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा

हिमाली पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु

रसुवा– हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड