पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ६३७ संक्रमित थपिए « Khabarhub

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ६३७ संक्रमित थपिए


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ६३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार ५८२ नमुना परीक्षण गर्दा तीन हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले जानकारी दिइन् ।

उनका अनुसार ६ हजार ४९९ पीसीआर परीक्षण गर्दा दुई हजार २०५ जनामा र पाँच हजार ८३ एन्टिजेन परीक्षण गर्दा एक हजार ४३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ जना रहेको छ । पछिल्लो २४ घण्टामा सात हजार ५५५ जनामा कोरोना संक्रमणमुक्त हुँदा १२ जना संक्रमितको मृत्यु भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा आठ लाख १५ हजार ७९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका प्रवक्ता डा मिश्रले जानकारी दिइन् ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ४ : ३५ बजे

शपथलगत्तै एमालेले बोलायो पहिलो केन्द्रीय कमिटी बैठक

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक

एमालेको ७२ खुला केन्द्रीय सदस्यमा ५२.७८ प्रतिशत ब्राह्मण जातिका मात्रै

काठमाडौं– नेकपा (एमाले)को ११औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यतर्फ भएको मतदानमा

जाँचबुझ आयोगको म्याद एक महिना थपियो

काठमाडौं– सरकारले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको

नेपाल चिकित्सक संघद्वारा उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए)को केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन प्रक्रिया

चीन नेपालको असल सहयोगी, ‘एक चीन नीति’मा प्रतिबद्ध छौँ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीच