आजका समाचार : प्रधानमन्त्रीबिना बस्यो सर्वदलीय बैठक, विपद् व्यवस्थापनमा सरकार चुकेको विपक्षीको आरोप, तातोपानी नाका पनि बन्द, बाढीमा मर्ने हजार पुगे र युक्रेनमा रुसी आक्रमण, १२ जनाको मृत्यु « Khabarhub

आजका समाचार : प्रधानमन्त्रीबिना बस्यो सर्वदलीय बैठक, विपद् व्यवस्थापनमा सरकार चुकेको विपक्षीको आरोप, तातोपानी नाका पनि बन्द, बाढीमा मर्ने हजार पुगे र युक्रेनमा रुसी आक्रमण, १२ जनाको मृत्यु


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

विपद् व्यवस्थापनमा सरकार चुकेको कुरा उठ्यो, नेपालले नसके अन्तर्राष्ट्रिय विज्ञको सहयोग लिन सुझाव
रसुवालगायत भदौ १० को भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय सहयोग र विज्ञको सहयोग लिनुपर्नेमा विपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सहभागी नेकपा एमाले, नेपाली कांग्रेसलगायतका दलहरूले नेपालमा उपलब्ध जनशक्तिको दक्षता नपुगेका ठाउँमा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गरेर विशेषज्ञ टोली झिकाउन सरकारलाई सुझाव दिएका हुन्।

बैठकपछि एमाले नेता प्रदीप ज्ञवालीले नेपालभित्र आवश्यक दक्षता र प्राविधिक क्षमता नभएका स्थानमा अन्तर्राष्ट्रिय सहयोग लिएर विज्ञ परिचालन गर्नुपर्ने निष्कर्ष निकालिएको बताए।

‘सबै ठाउँमा होइन, तर जहाँ हाम्रो दक्षता पुग्दैन, त्यहाँ अन्तर्राष्ट्रिय रूपमा सहयोग मागेर एक्सपर्ट व्यक्ति खटाउनुपर्थ्यो भन्ने सुझाव र निष्कर्ष निकालेका छौँ। नेपाली कांग्रेस र अरू साथीहरूले पनि यो विषयमा सुझाव दिनुभएको छ,’ ज्ञवालीले भने।

सर्वदलीय बैठक बालेनको खोजी, नेताहरूले भने, ‘अन्तर्राष्ट्रिय समुदायसँग पनि छलफल थालौँ’

बेत्रावतीको एउटै घरमा २२ शव सडिसक्दासम्म कहाँ थियो सरकार ?

एमालेले प्रत्येक सांसदको १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने  

विपद् व्यवस्थापनमा मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग पाइरहेका छौँ : परराष्ट्र

राष्ट्रियसभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित

राष्ट्रियसभा सदस्य : सरकारबीच समन्वय गरेर उद्धार प्रभावकारी बनाउन आग्रह

प्रधानमन्त्रीबिनाको सर्वदलीय बैठक औचित्यहीन : भीम रावल

रसुवागढी पावर हाउसको नियन्त्रण कक्षमा थुनिएका कर्मचारीको तत्काल उद्धार गर्न कुलमानको आग्रह

रास्वपा सभापति लामिछानेलाई भेटेर चिनियाँ राजदूतले भने : उद्धारदेखि पुनर्निर्माणसम्म नेपालको साथमा छौँ, सघाउँछौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ।

लामिछानेको बूढानीलकण्ठस्थित निवासमा मंगलबार दिउँसो भएको भेटमा रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति राजदूत माओमिङले दुःख व्यक्त गरेका थिए।

राजदूत माओले बाढीपछिको खोज तथा उद्धारदेखि पुनर्निर्माणसम्म चीन नेपालसँगै रहेको बताएका थिए। उनले विपद्को अवस्थामा नेपाललाई आवश्यक जुनसुकै सहयोग गर्न चीन तयार रहेको जानकारी गराएका थिए।

बाढीपछि चीनले उद्धारकर्मी, डीएनए विशेषज्ञलगायत आवश्यक जनशक्ति तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको बताए। आवश्यकता रहेसम्म यस्तो सहयोग निरन्तर जारी रहने उनले बताएका थिए।

सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ : शिक्षामन्त्री पोखरेल

पोखरामा ७६ वटा शव जमिनमुनि व्यवस्थापन (तस्बिरहरू)

रसुवा बाढीमा कोशी प्रदेशका १५९ जना बेपत्ता

रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा

भीम रावलले भने : विपद् सामना गर्न प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक राखौँ

कांग्रेसले भन्यो : रसुवा बाढीबारे भ्रामक सूचना फैलिए, सदनबाट तथ्य सार्वजनिक गरियोस्

रसुवापछि तातोपानी नाका पनि बन्द : चीनबाट हुने आयात अब मुस्ताङको कोरलाबाट
भोटेकोशीमा गत बुधबार आएको बाढीले रसुवा नाका अनिश्चितकालका बन्द भएसँगै जोखिमको संकेत देखिएको भन्दै चीनले सिन्धुपाल्चोकस्थित तातापानी नाका पनि बन्द गर्ने घोषणा गरेको छ । चीनको यो कदमसँगै नेपालसँग उत्तरी सीमा बाट हुँदै आएको व्यापार प्रभावित बन्न पुगेको छ ।

रसुवा नाका पूर्ण प्रभावित भएपछि तातोपानी नाकाबाट सामाग्री पैठारी गर्ने प्रतीक्षामा रहेका थिए । तर, उक्त नाका पनि चीनले बन्द गरेको घोषणा गरेपछि अब व्यवसायीले मुस्ताङको केरला नाका हुँदै सामग्री आपूर्ति गर्नुपर्ने भएको छ ।

तर, रसुवा र तातोपानी नाकाको तुलनामा कोरला नाकाबाट सामग्री काठमाडौं ल्याउन झण्डै दोब्बर समय लाग्ने व्यवसायीले बताएका छन् । यसका साथै, नेपालतर्फको केही खण्ड सडकको अवस्थामा पनि कमजोर रहेकाले कठिन हुने उनीहरूको भनाइ छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालमा २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख ७० हजार रुपैयाँ बराबरको आयात हुँदा चीनबाट ४ खर्ब २५ अर्ब २४ करोड ७० लाख ११ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । जुन कुल आयातको २०।२८ प्रतिशत हो ।

बाढीबाट प्रभावित नेपाल टेलिकमका ११३ साइट सञ्चालन

भारतमा भेटिए नौ शव, पश्चिम नवलपरासीमा ६८ वटा व्यवस्थापन (तस्बिरहरू)

बाढीपीडितका लागि महागढीमाईद्वारा ४१ लाख सहयोग

बाढीपीडितको समस्या समाधान गर्न सबै तहमा राजनीतिक संयन्त्र गठन गर्ने सहमति

पोखरा ल्याइएका १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो

बाढीपीडितलाई गैँडाकोटको ३५ लाख सहयोग

रसुवा बाढीमा निधन भएका विदेशीको शव हस्तान्तरणका लागि पूरा गर्नुपर्ने छ ९ चरण
यही भदौ १० गते बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले बगाएर ज्यान गुमाएका विदेशी नागरिकको शव परिवारलाई हस्तान्तरण गर्न सरकारले प्रक्रिया तय गरेको छ।

काठमाडौंस्थित भारतीय दूतावासले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै विदेशी नागरिकको शव हस्तान्तरणसम्बन्धी नेपाल सरकारले निर्धारण गरेको प्रक्रियाबारे जानकारी गराएको हो। सरकारले शव हस्तान्तरणअघि नौवटा चरण पूरा गर्नुपर्ने व्यवस्था गरेको छ।

जसअनुसार शवसम्बन्धी कागजात तयार गर्ने, फोटो तथा अन्य विवरण अभिलेख गर्ने, पोस्टमार्टम गर्ने, मृत्युको कारण पुष्टि गर्ने, औपचारिक पहिचान स्थापित गर्ने, फिङ्गरप्रिन्ट, डीएनए वा अन्य फरेन्सिक नमुना संकलन गर्ने, पासपोर्ट वा परिचयपत्र प्रमाणीकरण गर्ने, सम्बन्धित दूतावास वा कन्सुलरसँग समन्वय गर्ने तथा अन्तिममा शव हस्तान्तरण र भर्पाईको प्रक्रिया पूरा गर्नुपर्नेछ।

भोटेकोशी बाढी : ज्यान गुमाएका ४६ जनाको शव गोकर्ण जंगलमा मध्यराति गाडियो

दुई महिनाको शिशुसहित परिवारको स्याफ्रुवेंशीबाट उद्धार (तस्बिरहरू)

भोटेकोशी बाढी : रसुवामा ६६ वटा शव भेटियो

चिलिमेदेखि त्रिशूली-३ बीसम्म टनेलभित्र फसेकालाई खोजिँदै, सेनाद्वारा २३ जनाको हवाई उद्धार

टिमुरेबाट बाढीमा बेपत्ता भन्सार अधिकृत शर्माको शव गोरखास्थित त्रिशूलीमा भेटियो

युक्रेनमा रुसी ड्रोन आक्रमण : १२ जनाको मृत्यु, २१ घाइते
रूसले युक्रेनको राजधानी किएभ तथा आसपासका क्षेत्रमा गरेको ड्रोन र ब्यालिस्टिक मिसाइल आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणका कारण राजधानी र आसपासका क्षेत्रमा ठूलो भौतिक क्षति भएको छ। किएभमा मंगलबार करिब एक दर्जन शक्तिशाली विस्फोट सुनिएका थिए भने आकाशमा समेत आक्रमणका प्रभाव देखिएको एएफपीले जनाएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणको निन्दा गर्दै मृतकमध्ये एक जना भारतीय नागरिक रहेको बताए। उनले रुसी हवाई आक्रमणबाट जनधनको क्षति बढिरहेको भन्दै युक्रेनको हवाई प्रतिरक्षा क्षमता थप सुदृढ गर्न सहयोगी राष्ट्रहरूसँग सहयोगको आग्रह गरेका छन्।

अधिकारीहरूका अनुसार किएभमा मात्रै आठ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश रेल सेवामा कार्यरत कर्मचारी रहेको बताइएको छ। ब्यालिस्टिक मिसाइल रेल डिपोमा प्रहार भएपछि उनीहरूको मृत्यु भएको हो।

न्युयोर्कमा छुरा प्रहारबाट एक जनाको मृत्यु, एक घाइते

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

चीनको ‘पालास–१’ रकेटको पहिलो उडान सफल

तातोपानी पारीको झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द

कोलम्बियामा सैन्य कारबाही : २० विद्रोहीको मृत्यु, पाँच पक्राउ

अमेरिकी आर्थिक कारबाहीमा ईयूको समर्थनप्रति इरानको निन्दा














प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ७ : ५५ बजे

‘सरकार बाढीपीडितसम्म पुग्नै सकेन, मन्त्री र सांसदहरू सामाजिक सञ्जालमा रमाइरहेका छन्’

काठमाडौँ । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकार बाढीपीडित नागरिकसम्म

जलवायु परिवर्तनका कारण भोटेकोशीमा बाढी आयो : प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने

भोटेकोशी बाढी : एक हजार ६८ शव भेटिए, चार हजार ६०६ सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको खोजी हुँदा रास्वपा नेताहरू निरीह

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा विपक्षी