जनमत पार्टीद्वारा मसाल जुलुस, भोलि हाई–वेमा टेन्ट राख्ने « Khabarhub

जनमत पार्टीद्वारा मसाल जुलुस, भोलि हाई–वेमा टेन्ट राख्ने


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– किसान आन्दोलन गर्दै आएको जनमत पार्टीले बुधबार मसाल जुलुस निकालेको छ ।

मुख्य राजमार्गमा चक्काजाम गर्ने कार्यक्रमको पूर्वसन्ध्यामा जनमत पार्टीका कार्यकर्ताहरूले विभिन्न जिल्लामा मसाल जुलुस निकालेका हुन् । उनीहरूले किसानले मलखाद पाउनुपर्नेलगायत ११ बुँदे माग राखेर किसान आन्दोलन गर्दै आएका छन् ।

किसानका लागि पेन्सन, बालीनालीको स्वतः बिमा, कृषि मिटरको बिजुली निशुल्क, मलखाद र बीउबिजनको व्यवस्था, बाली क्षतिपूर्तिवापत् राहत, उत्पादनको उचित समर्थन मूल्य निर्धारण, उखु किसानको भुक्तानी, मुद्दा फिर्ता, किसानमाथिको दमन बन्द गर्नुपर्ने र उच्चस्तरीय समिति गठन गर्नुपर्ने उनीहरूको माग छ ।

जनमत पार्टीले बिहीबार हाई–वेमा टेन्ट लगाएर बस्ने र खाना बनाउने घोषणा गरिसकेको छ ।

जनमतले एक महिनाभन्दा बढी समयदेखि किसान आन्दोलन गर्दै आएको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ६ : १९ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी