कोभिडमाथि अहिल्यै विजय घोषणा गर्नु ‘असामयिक’ भएको विश्व स्वास्थ्य संगठनको चेतावनी « Khabarhub

कोभिडमाथि अहिल्यै विजय घोषणा गर्नु ‘असामयिक’ भएको विश्व स्वास्थ्य संगठनको चेतावनी


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुखले कोभिड–१९ माथि विजय घोषणा गर्न वा फैलावट रोक्ने उपायहरूको अहिल्यै अन्त्य गर्नु असामयिक हुने बताएका छन् ।

डब्लुएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले सञ्चारकर्मीसँगको भेटमा भने, ‘कुनै पनि देशले कोभिड–१९ सँग आत्मसमर्पण गर्नु वा यसमाथि विजयको घोषणा गर्नु हतारको निर्णय हुनेछ ।’

‘यो भाइरस खतरनाक छ र यो हाम्रो आँखा अगाडि पटक पटक फरक फरक रूपमा विकसित भएर आएको छ,’ उनले भने ।

कोभिड नियन्त्रणका लागि सबै घरेलु उपायहरूलाई अन्त्य गरेको घोषणा गर्ने यूरोपेली मूलुकको पहिलो सदस्य राष्ट्र डेनमार्कले मंगलबार ओमिक्रोन भेरिएन्टको सामान्य प्रभाव देखिए कै समय देशमा कोभिड नियन्त्रणका लागि सबै घरेलु उपायहरूलाई अन्त्य गरेको घोषणा गरेसँगै उनको यो भनाइ सार्वजनिक भएको हो ।

डेनमार्कसँगै अन्य धेरै देशहरूले यस्तै सोच बनाइरहेका भन्ने समाचारहरू सञ्चारमाध्यममा आइरहेका छन् ।

टेड्रोसले भने, ‘कुनै–कुनै देशहरूमा खोप र ओमिक्रोनको उच्च सङ्क्रमण र स्वास्थ्यमा गम्भीर समस्या देखिएन भन्दैमा कोभिड सङ्क्रमण अब फैलिँदैन भनिहाल्नु असामयिक र चिन्ताको विषय हो ।’

उनले नियन्त्रणका उपायलाई अझै प्रभाबकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिँदै भने, ‘अझै बढी कोभिड–१९ सङ्क्रमणको अर्थ अझ बढी मृत्यु हुनसक्ने सम्भावना हो ।’

संयुक्त राष्ट्रसंघीय स्वास्थ्य निकायका प्रमुखले औंल्याएअनुसार १० हप्ताअघि दक्षिण अफ्रिकामा पहिलो पटक ओमिक्रोन देखिएदेखि सन् २०२० को तुलनामा करिब नौ करोड व्यक्ति सङ्क्रमित भएको रिपोर्ट छ ।

यस्तो अवस्थामा नयाँ कोभिड विविधता हल्का छ भन्ने जानकारी भएपनि अहिले पनि हामीले संसारका अधिकांश क्षेत्रहरूमा अत्यधिक मृत्युमा घटना देखिइरहेका छन् ।

उनले यो भाइरस पूर्ण सर्नदेखि रोक्न प्रयास गर्नु अत्यावश्यक रहेको बताए ।

‘हामी कुनै पनि देशलाई बन्दाबन्दीमा फर्कन आह्वान गरिरहेका छैनौँ,’ टेड्रोसले भने, ‘हामी सबै देशहरूलाई खोप मात्र नभई हरेक उपकरण प्रयोग गरेर उनीहरूको जनताको सुरक्षा गर्न आह्वान गर्दैछौं ।’

यो भाइरस को विकास जारी रहने भएकाले देशहरूले परीक्षण, निगरानी र अनुक्रम जारी राख्न उनले आह्वान गरेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ९ : ०५ बजे

धरानबाट दश जना विचौलिया पक्राउ

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १० जना विचौलियालाई

काठमाडौं उपत्यका विकास आयुक्तमा सुरज शाक्य नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई

तिलिचो ताल पदमार्गमा ५० पर्यटक अट्ने आश्रयस्थल निर्माण

मुस्ताङ-  तिलिचो ताल जाने पदमार्गमा पर्यटकको सुविधाका लागि नयाँ आश्रयस्थल निर्माण

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले के-के गर्‍यो निर्णय ?

काठमाडौं- सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ

कङ्गोमा इबोला प्रकोप तीव्र, ५८० जनाको मृत्यु

किन्शासा- कङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) मा इबोला प्रकोप अझै तीव्र बन्दै