ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु « Khabarhub

ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – राइनास नगरपालिका-६, सिम्लेखोलामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । इँटा लिन जाँदै गरेको ग १ त ४४४५ नम्बरको ट्र्याक्टर बुधबार दिउँसो साढे ३ बजेतिर दुर्घटना हुँदा ४३ वर्षीय अमृत चिलुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राइनासको तीनपिप्लेबाट धमिलिकुवा जाँदै गरेको ट्र्याक्टरमामा सवार ३ जनामध्ये चिलुवालको घटनास्थलमै मृत्यु भएको र सहयोगी राइनास नगरपालिका-६ का गोपाल परियारको स्थानीय स्वास्थ्य संस्थामा प्राथामिक उपचार गरी घर फर्केका छन् ।

इँटा लिन जाँदै गरेको ट्र्याक्टर अगाडिबाट आउँदै गरेको सवारी साधनलाई साइड दिने क्रममा छेउमा पुगेको थियो । सडक छेउमा पुग्ने क्रममा सडकबाट लडेर करीब १५/२० मिटर तल सिम्लेखोलामा खसेर ट्र्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

चालक स्थानीय दीपक परियारलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवंम् इन्सपेक्टर जगदिश रेग्मीले बताए । मृतक चिलुवालको शवलाई पोष्टमार्टमका लागि बेंसीसहरस्थित जिल्ला अस्पताल लमजुङमा ल्याइएको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ७ : ३७ बजे

एपीएफ साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा

अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण

म्याग्दी – नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र