तालिवानलाई हतियारसहित पार्कमा जान रोक « Khabarhub

तालिवानलाई हतियारसहित पार्कमा जान रोक


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा तालिवानले आफ्ना कार्यकर्ताहरुलाई हतियारसहित मनोरन्जन पार्कमा जान रोक लगाएको छ। जनतासामु सरकारको छाप सकरात्मक देखाउने पहल स्वरुप तालिवानले पछिल्लो कदम चालेको अनुमान गरिएको छ।

‘इस्लामिक इमिरेट्स मुजाहिद्दिनलाई हतियार, सैन्य पोसाक र गाडी चढेर मनोरन्ज पार्कमा जान अनुमति छैन्,’ तालिवानका मुख्य प्रवक्ता जाविहुल्लाह मुजाहिदले ट्विट गरेका छन्, ‘उनीहरुले मनोरन्जन पार्कका सबै नियमहरु पालना गर्नुपर्छ। ’

अमेरिकाको समर्थन पाएको पूर्वसरकारविरुद्ध दुई दशक लामो युद्ध गरेका तालिवानहरुले अगस्टमा सत्तापलट गरेपछि सहर र गाउँमा बन्दुक बोेकेर पुग्ने गरेका छन्।

सन् १९९६ देखि २०११ म अफगानिस्तानमा पहिलो पटक सत्ताको नेतृत्व गरेका तालिवान आफ्ना पाशविक गतिविधिका कारण कुख्यात छन्। तर, अगस्टमा सत्ता कब्जा गरेपछि उनीहरुले आमअफगानी र विश्व समुदायसामु उदारबादी देखिन खोजेका छन्।

तालिवानले सत्ता हातमा लिएपछि तालिवानका नेता र कार्यकर्ताको आकर्षण राजधानी काबुलस्थित क्वारघा रिजर्भको सबैभन्दा ठूलो मनोरन्जन पार्कमा देखिन्छ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ९ : ३४ बजे

एपीएफ साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा

अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण

म्याग्दी – नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र