गुणस्तरहीन सामग्री तत्काल हटाउन निर्देशन « Khabarhub

गुणस्तरहीन सामग्री तत्काल हटाउन निर्देशन


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–८ बेलडाँँडीमा रोड साइड ड्रेन निर्माणका क्रममा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएको पाइएपछि हटाउन निर्देशन दिइएको छ ।

बन्साहा, कलुवापुर, दोमिल्ला जोडने सडक खण्डअन्र्तगतको बेलडाँडीमा सडक किनारामा निर्माण भइरहेको ड्रेनमा प्रयोग भएका बालुवा, इट्टालगायतका निर्माण सामग्री गुणस्तरहीन पाइएपछि पूर्वाधार विकास कार्यालयले ठेकेदार कम्पनीलाई हटाउन निर्देशन दिएको हो ।

निर्माण कम्पनीलाई पत्राचार गर्दै कार्यालयले स्थलगत सुपरीवेक्षण र अनुगमनका क्रममा सडकको चेनेज ७५००, बेलडाँडी क्षेत्रमा निर्माणाधिन रोड साइड ड्रेनमा प्रयोग भएको बालुलासहितका सामग्री तोकिएको मापदण्ड र स्वीकृत टेक्निकल स्फेसिफिकेसन बमोजिम नरहेकाले सम्झौता बमोजिमको कार्य गर्न निर्देशन दिएको छ ।

‘जनप्रतिनिधि र स्थानिय बासिन्दाबाट ड्रेन निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग भइरहेको गुनासो आएपछि निरीक्षण गरेका छौं’, पूर्वाधार विकास कार्यालयका प्रमुख दिपक नेगीले भने, ‘निर्माण कम्पनीलाई तत्काल मापदण्डले तोकिएका बमोजिमका निर्माण सामग्री हटाउन भनेका छौं, नहटाएर अटेरी गरी कार्य गरे प्रचलित कानुनअनुसार कारवाही हुन्छ ।’

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ११ : ०५ बजे

काभ्रेको नमोबुद्धमा खाद्य अनुगमन : सात व्यवसायीमाथि कारबाही, तीन लाख जरिवाना

काठमाडौं– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित विभिन्न खाद्यान्न पसल, होटल, रेष्टुरेन्ट तथा

गगन थापाको चेतावनी- प्राथमिकता नतोकिएको संविधान संशोधनले देशलाई द्वन्द्वमा धकेल्न सक्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्पष्ट प्राथमिकता र उद्देश्यबिना संविधान

‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारी जग्गाको विवरण उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई

बजार ओरालो लागेपछि सेबोनले आश्वासन दिँदै भन्यो, आगामी साता ‘पुँजी बजार विकास मार्गचित्र’ सार्वजनिक गर्छौँ

काठमाडौं– सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले