ओमिक्रोनबाट जुम्लामा कोही पनि गम्भीर अवस्थामा पुगेका छैनन्ः स्वास्थ्यकर्मी « Khabarhub

ओमिक्रोनबाट जुम्लामा कोही पनि गम्भीर अवस्थामा पुगेका छैनन्ः स्वास्थ्यकर्मी


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका स्वास्थ्यकर्मीहरूका अनुसार कोरोना महामारीको तेस्रो भेरियन्ट ओमिक्रोन संक्रमणकै कारण गम्भीर बनेर अस्पतालमा कोही पनि आएका छैनन् । महामारीको पहिलो र दोस्रो लहरमा जस्तो तेस्रो लहरको संक्रमणमा कसैले पनि ज्यान गुमाउनु परेको छैन ।

प्रतिष्ठानका अनुसार यसपटक धेरै बिरामी होम आइसोलेशनमै बसेका र थोरै मात्रामा अस्पतालमा भर्ना भएका छन् । प्रतिष्ठानका आइसोलेशन विभाग प्रमुख सृजना महतले यसपटक अस्पतालमा भर्ना भएका बिरामीमा पनि गम्भीर समस्या नभएको बताइन् । गम्भीर बिरामी नभए पनि समुदायमा व्यापक रुपमा फैलिएको हुनसक्ने उनको अनुमान छ ।

यसपटक परीक्षण पनि कम भएको देखिन्छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार तेस्रो लहरमा मंगलबारसम्म जुम्लामा एक सय ३१ जनामा मात्रै कोरोना संक्रमण देखिएको छ । जसमध्ये तीन जना अस्पताल भर्ना भएर उपचार गरिरहेका छन् । मंगरबारसम्म गरिएको परीक्षणमा एन्टिजन परीक्षण गर्दा थप पाँच जनामा कोरोना संक्रमण देखिएको थियो । यसमध्ये ३८ जना निको भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रभावकारी सूचना प्रणाली
स्थानीय प्रशासनले पछिल्लो पटक सूचना प्रणालीलाई प्रभावकारी बनाएको छ । प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईका अनुसार सामाजिक सञ्जाल फेसबुक पेजमार्फत दैनिक कारोनाको अवस्था दैनिक अपडेट गरिरहेको अवस्था छ । यो पटकको भेरियन्टमा समुदायमा कोरोना भए पनि खासै कठिन अवस्थाका बिरामी आएका छैनन् ।

ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूलाई भने अलि बढी असर गरेकाले उनीहरू भने अस्पतालमै उपचार गर्न आउने गरेका प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । स्थानीय प्रशासन र स्वास्थ्य संस्थाहरूले पछिल्लो समय खोप अभियानलाई तीव्र पार्नुका साथै कोरोना परीक्षण गर्ने शंकास्मत व्यक्तिका लागि जिल्ला प्रशासन कार्यालय अगाडि हेल्पडेक्स स्थापना गरेर खोप, एन्टिजन परीक्षण तथा मास्क वितरण समेत भइरहेको छ । पछिल्लो समय १२ देखि १७ बर्षका बालबालिकालाई पनि खोप लगाउने अभियान जारी रहेको छ ।

तेस्रो भेरियन्टको कोरोनामा भने निकै कठिन विरामी आउने र धैरैले ज्यान गुमाएपछि कर्णाली प्रतिष्ठानलाई उपचारमा हम्मे हम्मे भएको थियो । प्रतिष्ठानका अनुसार कोरोनको दोस्रो भेरियन्टमा २७ जनाको निधन भएको थियो । तर, प्रतिष्ठानले सहजकता भने अपनाएको बताएको छ । आइसोलेशन वार्डलाई फेरि सुचारू गरेको छ । यस्तै कोरोना न्यूनिकरण गर्न प्रतिष्ठानमा सोही अनुसारको जनशक्ति खटाएको जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ३ : ३० बजे

दाङमा विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध

दाङ–  विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध गरिएको

सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

काठमाडौं– सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा

चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु

रौतहट– रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन

राजेन्द्र राईको अभिव्यक्तिले अवरुद्ध संसद् सुचारु

काठमाडौं– प्रतिनिधिसभाको केहीबेरका लागि स्थगित भएको बैठक सुरु भएको छ । 

हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव

एजेन्सी– स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि संयुक्त