पार्टी हितविपरीत काम गर्ने नेतालाई ‘रातो कार्ड’ « Khabarhub

पार्टी हितविपरीत काम गर्ने नेतालाई ‘रातो कार्ड’


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– माओवादी केन्द्र दमकले पहिलोपटक संगठनमा मूल्यांकन पद्धतिको सुरुवात गरेको छ । केही दिनअघि एक वर्षे कार्ययोजना पारित गर्दै संगठन सुदृढीकरणमा लागेको माओवादीले मूल्यांकन पद्धतिको सुरुवात गरेको छ । पार्टी हितविपरीत काम गरेको भन्दै पार्टीका नेता नरहरि दाहाललाई ‘रातो कार्ड’ दिने निर्णय गरेको हो ।

पार्टीको दमक नगर पूर्वअध्यक्ष तथा तत्कालीन कोचिला राज्य समिति सदस्यसमेत भइसकेका दाहाललाई बिहीबार बसेको पार्टी नगर सचिवालय बैठकले ‘रातो कार्ड’दिएको अध्यक्ष रवि बस्नेतले जानकारी दिए । दमक–३ स्थित हंसेदुम्से सामुदायिक वनको चुनावमा पार्टीले गरेको गठबन्धनविरुद्ध कोषाध्यक्ष पदमा उम्मेदवारी दिएपछि दाहाललाई वाार्षिक कार्ययोजना मूल्यांकनको आधारमा ‘रातो कार्ड’ दिएको अध्यक्ष बस्नेतले बताए । यो माओवादी केन्द्र दमकको नयाँ अभ्यास हो । विगतमा मूल्यांकन पद्धति नहुँदा पार्टीमा अराजकता र निरासा बढेको अध्यक्ष बस्नेतको बुझाइ छ ।

उनलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत भएको उनले बताए । ‘उहाँले पार्टीको उम्मेदवारलाई असहयोग गर्नुभयो । उहाँको पार्टी सदस्यता किन खारेज नगर्ने भनेर स्पष्टीकरण सोध्ने निर्णय भएको छ,’ अध्यक्ष बस्नेतले भने । माओवादी केन्द्र दमकले प्रत्येक महिना र वार्षिक रूपमा वडाहरूको कामको मूल्यांकन गरी पुरस्कृत गर्ने कार्ययोजना पास गरेको छ । पार्टी कमिटीमा आबद्धलाई कार्यप्रगतिका मूल्यांकनसँग सम्बन्धित भएर हरियो, पहेंलो र रातो कार्डको व्यवस्था गर्ने अध्यक्ष बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ४ : ४५ बजे

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौं – जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले