मानव अधिकार आयोगबाट मन्त्री रेणु यादवसँग स्पष्टीकरण लिइयो « Khabarhub

मानव अधिकार आयोगबाट मन्त्री रेणु यादवसँग स्पष्टीकरण लिइयो


२० माघ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिंसात्मक अभिव्यक्तिका कारण विवादमा तानिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवसँग राष्ट्रिय मानव अधिकार आयोगले स्पष्टीकरण लिएको छ ।

मन्त्री यादवले गत माघ ५ गते बलिदानी दिवसका अवसरमा रौतहटमा आयोजित सभामा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई लक्षित गरी हिंसात्मक अभिव्यक्ति दिएकी थिइन् । १५ वर्ष पुरानो गौर नरसंहार घटना स्मरण गर्न भन्दै डा. राउतलाई मन्त्री यादवले धम्की दिएकी थिइन् ।

यही अभिव्यक्तिका विषयमा बिहीबार आयोगले मन्त्री यादवलाई बोलाएर स्पष्टीकरण लिएको हो । उत्तेजनापूर्ण अभिव्यक्ति नदिन मन्त्री यादवलाई आयोगले सचेत गराएको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति नदोहो¥याउन पनि भनेका छन् ।

त्यसक्रममा मन्त्री यादवले आफूले दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगेको स्वीकार गर्दै कसैप्रति लक्षित र पूर्वाग्रही नरहेको जिकिर गरिन् । उनले हिंसा र मुठभेडको मनसाय नरहेको र भविष्यमा यस्ता अभिव्यक्ति नदोहो¥याउने प्रतिबद्धता जनाएकी थिइन् ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ६ : ०० बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा