प्रधानमन्त्री ओलीले दिए मोदीलाई रुद्राक्ष उपहार « Khabarhub

प्रधानमन्त्री ओलीले दिए मोदीलाई रुद्राक्ष उपहार


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

दिल्लीस्थित हैदरावाद हाउसमा भएको भेटवार्तामा दुई प्रधानमन्त्रीबीच आपसी हित, यसअघि भएका सम्झौताको कार्यान्वयनका विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले जनाएका छन् ।

दोस्रोपटक भारतको प्रधानमन्त्री निर्वाचित भएपछि आयोजित शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबार दिल्ली पुगेका थिए । विहीवार साँझ मोदीले शपथ लिएका छन् ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई दोस्रो पटक प्रधानमन्त्री विजयी भएको अवसरमा बधाई दिए । साथै मोदीको दोस्रो प्रधानमन्त्री कालमा नेपाल र भारतबीचको सम्बन्ध थप प्रगाढ हुने ओलीले विश्वास व्यक्त गरे ।

त्यसक्रममा ओलीले मोदीलाई नेपालबाट लगेको उपहार पनि दिएका थिए । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई रुद्राक्ष उपहारमा दिएका थिए । रातो बट्टामा रद्राक्षका साथ पशुपति नाथको तस्वीरपनि राखिएको छ ।

भेटवार्ताका क्रममा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका भारतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । जवाफमा मोदीले उपयुक्त समयमा छिट्टै नेपाल भ्रमणमा आउने बताएका दूतावासका एक अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  २ : ४६ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु