क्यामरुनलाई हराउँदै इजिप्ट फाइनलमा, उपाधिका लागि सेनेगलसँग भिड्ने « Khabarhub

क्यामरुनलाई हराउँदै इजिप्ट फाइनलमा, उपाधिका लागि सेनेगलसँग भिड्ने


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अफ्रिका कप अफ नेसन्सको उपाधिका लागि सेनेगल र इजिप्ट खेल्ने भएका छन् । फाइनल खेल पर्सि आइतबार हुनेछ ।

बिहीबार राती भएको दोस्रो सेमिफाइनलमा आयोजक क्यामरुनलाई पेनाल्टीमा ३–१ गोल अन्तरले हराउँदै इजिप्ट फाइनलमा पुगेको हो ।

निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो, जहाँ ३३ वर्षिय गोलकिपर गाबास्कीले आयोजक क्यामरुनको दुई पेनाल्टी बचाएका थिए ।

यसअघि सेनेगलले बुर्किना फासोलाई हराउँदै फाइनलमा स्थान बनाइसकेको छ । यो फाइनललाई लिभरपुलका स्टारद्धय साडियो माने र मोहम्मद सलाहको भिडन्तको रुपमा हेरिएको छ । मानेकै गोलमा सेनेगल फाइनल पुगेको थियो भने इजिप्टको जितमा सलाहले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

लिभरपुललाई प्रिमियर लिग र च्याम्पियन्स लिग जिताइसकेका यी दुवै खेलाडी आफ्नो देशलाई उपाधि दिलाउन चाहन्छन् ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ७ : २८ बजे

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ– वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडक : १४ किलोमिटर कालोपत्र

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौँ– पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत

राजनीतिपछि शिथिल प्रकाश !

काठमाडौँ- गायक प्रकाश सपुत राजनीतिमा प्रवेश गरेसँगै धेरैले टिप्पणी गरेका

नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

काठमाडौँ– नेपालको आँखा उपचार सेवाको कम्बोडियाको विदेश तथा अन्तर्राष्ट्रिय सहयोग