मनाङमा तीन फिट बाक्लो हिमपात « Khabarhub

मनाङमा तीन फिट बाक्लो हिमपात


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मनाङमा तीन फिट बाक्लो हिमपात भएको छ । बिहीवार दिउँसोदेखिको निरन्तरको हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ ।

मनाङको तापक्रम घटेर माइनस १२ डिग्री सेल्सियस पुगेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मनाङको माथिल्लो भेग टंकी मनाङ, खाङ्सार, मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी , चामे , दानक्यु लगायतका ठाउँमा हिमपात भएको छ ।

लगातारको हिमपातले चिसो अत्यधिक बढेको छ । चिसो बढेसँगै धारामा पानी जमेको छ । खोलासमेत जमेको मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए ।

हिमपातबाट हुने जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायहरु तयारी अवस्थामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म हेडक्वाटर मनाङका प्रहरी निरीक्षक पूर्ण तामाङले बताए ।

हिमपातले किसान भने खुसी भएका छन् । मनाङका स्थानीय अनिता लामाले हिमपातले आलु, फापर, गहुँ, जौ र उवालगायतका बालीलाई राम्रो गर्ने बताइन् । चामे गाउँपालिका– २ थान्चोकका स्याउ कृषक कुलबहादुर घलेले हिमपात हुनु स्याउ खेतीका लागि राम्रो भएको बताए ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ११ : ५५ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका