म्यानमारमा सूकीविरुद्ध भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

म्यानमारमा सूकीविरुद्ध भ्रष्टाचार मुद्दा


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्यामारको सैन्य सरकारले प्रजातन्त्रवादी नेतृ आङ सान सू कीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ । योसँगै सैन्य सरकारले अहिलेसम्म सू कीविरुद्ध ११ मुद्दा दायर गरेको छ ।

देशको उत्तरपश्चिम सागाइङ क्षेत्रका सर्वसाधारणलाई सेनाले फेरि आक्रमण गरेको विवरण सार्वजनिक भइरहेका बेला सरकारले सूकीविरुद्ध मुद्दा दायर गरेको हो । सेनाले सो क्षेत्रमा ४०० घरहरु जलाएको जनाइएको छ ।

आफ्नी आमाको नाममा स्थापना भएको एउटा परोपकार संस्थालाई गैरकानुनी ढंगले ५ लाख ५० हजार सहयोग भन्दै प्रहरीले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सो मुद्दामा अदालतको सुनुवाइ बारेमा विस्तृत विवरण खुलाइएको छैन ।

सैन्य सरकारविरुद्ध उत्तेजक अभिव्यक्ति दिएको, कोभिड नियम पालना नगरेको र दूरसञ्चारको नियम उल्लंघन गरेको विभिन्न अभियोगमा सूकीलाई यसअघि नै अदालतले ६ वर्ष जेल सजाय तोकेको छ । गत वर्षको फेब्रुवरीमा निर्वाचित सरकारलाई कु गरेपछि सूकी घरमै नजरबन्दमा छिन् ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १२ : १४ बजे

एमाले विधान महाधिवेशन – ‘मनमा विद्या मुखमा ओली’

काठमाडौं- नेकपा एमालेको विधान महाधिवेशनमा १० वटा समूहगत छलफलमा नेतृत्वका

एमालेको विधान महाधिवेशनले पारित गर्‍यो २८ बुँदे प्रस्ताव

काठमाडौँ- नेकपा एमालेको भदौ २०–२२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा

रसियाद्वारा युक्रेनमा ८०५ ड्रोन र १३ मिसाइल प्रहार

किभ – युक्रेनी वायु सेनाले जानकारी दिएको अनुसार, शनिबार राति

एमालेले चीन र भारतलाई भन्यो : लिपुलेक नेपाली भूमि हो, व्यापारिक नाकाको सहमतिबाट पछि हट्नू

ललितपुर- नेकपा एमालेले नेपाली भूमि लिपुलेकमा भारत र चीनले व्यापारीक