नेपाल मेडिसिटीको रिसर्च इकाईलाई विकास गरिँदै « Khabarhub

नेपाल मेडिसिटीको रिसर्च इकाईलाई विकास गरिँदै


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल मेडिसिटी अस्पताल र नेपाल इन्टेन्सिभ केयर रिसर्च फाउण्डेसन ( एनआइसीआरएफ) बीच हालै समन्वयका लागि सम्झौता भएको छ । दुईबीच विशिष्टकृत अनुसन्धान इकाई स्थापना गर्न सम्झौता भएको हो ।

नेपाल मेडिसिटीले यस सम्झौताबाट सघन उपचारको कुनै पनि समस्यालाई बुझ्न, त्यसबाट ज्ञान हासिल गर्न तथा जटिल प्रश्नहरुको उत्तर खोज्न सहयोग प्राप्त गर्ने जनाएको छ । नेपालको सघन उपचारको विकासमा अनुसन्धान मुख्य आधार रहेको विषयलाई दर्शाउने उद्देश्यकासाथ काम गर्दै आएका एनआइसीआरएफले देशकै ठूलो संरचना र क्षमतासहितको सघन उपचार विभाग रहेको नेपाल मेडिसिटीसँग सहकार्य गर्न लागेको हो ।

उपचार सिलसिलाका अनुभवका आधारमा खोजिएका जानकारीको प्रशोधन गर्दै उपयोगी तथ्यांकहरुबाट प्राप्त निश्कर्षलाई चिकित्सा सेवामा प्रयोग गर्न सकिने अस्पतालले जनाएको छ । जसका लागि एनआइसीआरएफले नेपाल मेडिसिटीका कर्मचारीहरुसँग समन्वय गर्नेछ । अस्पतालको सघन उपचारमा भर्ना भएका बिरामीहरुको सबै व्यक्तिगत जानकारीलाई गोप्य राखी कुनैपनि व्यक्ति किन भर्ना हुनुपर्यो, कति दिन उपचार भयो, के–कस्ता उपचार विधि अपनाइयो, बिरामी सुरक्षा संयन्त्र कसरी अपनाइयो जस्ता जानकारीहरु रिसर्च इकाईले राख्नेछ ।

नेपाल मेडिसिटीले आफ्नो उपचार प्रक्रियामा उत्कृष्ट प्रविधि, पूर्वाधार र जनशक्ति मात्र नभई खोज तथा अनुसन्धानमूलक ज्ञानको पनि उत्कृष्ट प्रयोग गर्दै आएको अस्पतालका चीफ अफ क्लिनिकल सर्भिसेज एण्ड एजुकेशन प्रा.डा.निलमणी उपाध्यायले बताए । यस सम्झौताले क्रिटिकल केयरको सुक्ष्म अध्ययन गर्न र सेवालाई थप गुणस्तरीय बनाउन सहयोग पुर्‍याउने आशा उनले राखेका छन् ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १ : ०० बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका