टिपरमा भ्यान ठोक्किँदा दुई जनाको मृत्यु « Khabarhub

टिपरमा भ्यान ठोक्किँदा दुई जनाको मृत्यु


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा११च ५७८८ नम्बरको मारुती भ्यान विपरित दिशाबाट गइरहेको लु२ख १७०१ नम्बरको टिपरमा शुक्रबार बिहान करिब ८ : २० बजेको समयमा ठोक्किँदा भ्यानमा सवार दुई जनाको मृत्यु भएको छ । भ्यानमा सवार एक यात्रुको अवस्था गम्भीर छ ।

नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा भएको उक्त दुर्घटनामा धादिङको गल्छी गाउँपालिका–१ की निशा वली ढुंगाना र उनका नौ वर्षीय छोरा निमेश ढुंगानाको मृत्यु भएको हो ।

निमेशको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो भने निशाको चितवन मेडिकल कलेजमा उपचारकम क्रममम बिहान १० : ५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

निशाको माइतीतर्फको आमा राप्ती नगरपालिका–३ की धिरमाया वलीको अवस्था पनि गम्भीर रहेको उनले बताए । भ्यान चालक गल्छी–१ का राजकुमार ढुंगानाको अवस्था मध्यम रहेको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १२ : ५३ बजे

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुल बगायो

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर