महिला भलिबल खेलाडी नगदसहित सम्मानित | Khabarhub Khabarhub

महिला भलिबल खेलाडी नगदसहित सम्मानित


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडीहरु सम्मानित भएका छन । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराज (अथक) ले ‘बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्ज कप’ विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरेका हुन् ।

गत पुस ६ देखि १६ गतेसम्म बंगलादेशको राजधानी ढाकामा सञ्चालन भएको प्रतियोगितामा नेपाली महिला टोलीले उपाधि जितेको थियो । नेपालले उपाधि जितेलगत्तै युवा तथा खेलकुद मन्त्री अथकले नगद पुरस्कारको घोषणा गरेका थिए ।

मन्त्री अथककै पहलमा पौष १४ गते बसेको मन्त्रीपरिषदको बैठकले उपाधि बिजेता टिमका १२ खेलाडीहरुलाई जनही ५÷५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे थियो ।

सोही निर्णयलाई कार्यान्वयन गर्दै सरकारले शुक्रबार खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापकलाई प्रमाण पत्र तथा नगद पुरस्कारले सम्मान गरेको हो । सम्मानित हुने खेलाडीहरुमा अरुणा शाही (कप्तान), मनिषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, उषा भण्डारी, प्रतिमा माली, सलिना श्रेष्ठ, सरस्वती चौधरी, सुनिता खड्का, सफिया पुन, कृपा अधिकारी र शान्तिकुमारी थारु छन । त्यसैगरी प्रमुख प्रशिक्षक जगदिशप्रसाद भट्ट र प्रशिक्षक भरत यादव तथा व्यवस्थापक ज्योति केसीलाई समेत सम्मान गरीएको छ ।

‘विश्व नं. १’ प्रिन्स सम्मानित
नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा दाहाल सम्मानित भएका हुन् । विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) को विश्व वरीयताको जुनियरतर्फ शीर्ष स्थानमा उक्लदै इतिहास रचेका प्रिन्सलाई प्रधानन्त्री शेरबहादुर देउवाले सम्मान गरे ।

युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराज(अथक) को उपस्थितीमा भएको सम्मान कार्यक्रममा प्रिन्सलाई सम्मानपत्र प्रदान गरिएको हो । ब्याडमिन्टनको विश्व वरीयताको शीर्ष स्थानमा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी हुन् ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ४ : ३० बजे

अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि साउदीको भ्रमणमा, कतारले ५५ अर्बको बोइङ जेट उपहार दिने 

वासिंगटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज साउदी अरबको भ्रमणमा

आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागलुङको गाजा दहमा पर्यटकीय पूर्वाधार थपिँदै

बागलुङ– बागलुङको गाजा दह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको

यातायातको सुविधाले म्याग्दीको ‘मालिकाधुरी’ यात्रा सहज

म्याग्दी- सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित

पर्यटककाे रोजाइमा भोजपुरको ‘डाग्बुङ पदमार्ग’

भोजपुर- रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग पर्यटकको रोजाइमा