कपिलवस्तुमा गाडिएको अवस्थामा युवतीको शव फेला « Khabarhub

कपिलवस्तुमा गाडिएको अवस्थामा युवतीको शव फेला


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कपिलवस्तुमा गाडेको अवस्थामा युवतीको शव फेला परेको छ । प्रहरीले यसोधारा गाउँपालिका–८ सिंहखोरकी २० वर्षीया रहिसुन निसाको शव गाडेको अवस्थामा फेला पारेको हो ।

निसाको शव उत्खनन गरी पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनको हत्या गरी गाडेको आशंकामा प्रहरीले उनका २२ वर्षीय श्रीमान् मोहम्मद नसिम अलिभाट र ससुरा ५० वर्षीय अब्बास अलिभाटलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर केसी रहिसुन माघ १९ गते राति बिरामी भएको बताएका छन् । त्यसपछि परिवारका सदस्यले झुन्डिएर मृत्यु भएको भन्दै केही छिमेकीलाई बोलाएर मुस्लिम मृत्यु संस्कार अनुसार खाडल खनेर काठमा राखी माथिबाट ढक्कन लगाएर शव गाडिएका थिए ।

घटनाको सूचना पाउना साथ प्रहरीले शवको उत्खनन् गरेको थियो । लगत्तै हत्या आशंकामा मृतकका श्रीमानलाई र ससुरालाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १० : १५ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६