मोदीको अरुणाचल भ्रमणको चीनद्वारा विरोध | Khabarhub Khabarhub

मोदीको अरुणाचल भ्रमणको चीनद्वारा विरोध


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादित क्षेत्रको भ्रमण गरेको भन्दै चीनले विरोध जनाएको छ । चीनको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री मोदीले अरुणाचल प्रदेशको भ्रमण गरेकोमा विरोध जनाएको हो ।

हाल भारतको प्रशासनमा रहेको अरुणाचल प्रदेशमा चीनले आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ । भारतमा आउन लागेको आम निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री नरेन्द्र मोदीले अरुणाचल प्रदेशको भ्रमण गरेका हुन् ।

भारत र चीनबीच सीमाक्षेत्रका विभिन्न स्थानमा सार्वभौमिकताको विवादमा छन् । चीनले अरुणाचल प्रदेशलाई ‘दक्षिण तिब्बत’ नाम दिएर त्यसलाई आफ्नो भूमि मान्ने गरेको छ ।

यस्तै सीमाविवादका कारण भारत र चीनबीच सन् १९६२ मा युद्ध समेत भएको थियो । पछिल्लो समय सन् २०१७ मा भुटानको सीमामा रहेको दोक्लम पठारमा भारत र चीनबीच सैनिक गतिरोध उत्पन्न भएको थियो ।

यद्यपि पछिल्लो समय भारत र चीनबीच विभिन्न कुटनीतिक भेटवार्ताका माध्यमबाट सम्बन्धमा केही सुधारको सङ्केत देखिएको बताइन्छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ५ : ५६ बजे

कर्णाली राजमार्ग सञ्चालन

मान्म – जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको

दायाँ खुट्टामा ६ गोली लागेका विजय भन्छन्- ‘बरु मारिदिएको भए हुन्थ्यो’

काठमाडौं । ट्रमा सेन्टरको ५४९ नम्बर बेडमा लम्पसार परिरहेका २२

खोटाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

खोटाङ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङले

नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

कीर्तिपुर– जेन-जी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी

सिरहामा क्षति भएका प्रहरी युनिट पुनः स्थापना

सिरहा– जेन-जी पुस्ताको प्रदर्शनका क्रममा क्षति भएका यहाँका प्रहरी युनिट