मोदीको अरुणाचल भ्रमणको चीनद्वारा विरोध « Khabarhub

मोदीको अरुणाचल भ्रमणको चीनद्वारा विरोध


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादित क्षेत्रको भ्रमण गरेको भन्दै चीनले विरोध जनाएको छ । चीनको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री मोदीले अरुणाचल प्रदेशको भ्रमण गरेकोमा विरोध जनाएको हो ।

हाल भारतको प्रशासनमा रहेको अरुणाचल प्रदेशमा चीनले आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ । भारतमा आउन लागेको आम निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री नरेन्द्र मोदीले अरुणाचल प्रदेशको भ्रमण गरेका हुन् ।

भारत र चीनबीच सीमाक्षेत्रका विभिन्न स्थानमा सार्वभौमिकताको विवादमा छन् । चीनले अरुणाचल प्रदेशलाई ‘दक्षिण तिब्बत’ नाम दिएर त्यसलाई आफ्नो भूमि मान्ने गरेको छ ।

यस्तै सीमाविवादका कारण भारत र चीनबीच सन् १९६२ मा युद्ध समेत भएको थियो । पछिल्लो समय सन् २०१७ मा भुटानको सीमामा रहेको दोक्लम पठारमा भारत र चीनबीच सैनिक गतिरोध उत्पन्न भएको थियो ।

यद्यपि पछिल्लो समय भारत र चीनबीच विभिन्न कुटनीतिक भेटवार्ताका माध्यमबाट सम्बन्धमा केही सुधारको सङ्केत देखिएको बताइन्छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ५ : ५६ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले