आशिषले ल्याए ‘सानो सानो कुरामा’ « Khabarhub

आशिषले ल्याए ‘सानो सानो कुरामा’


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’लगायत हिट गीतका गायक आशिष सचिन गौतमको नयाँ गीत ‘सानो सानो कुरामा’को भिडियो सार्वजनिक भएको छ । गीतमा सन्तोष सुनुवारको शब्द तथा संगीत छ ।

शुक्रबार सार्वजनिक गरिएको भिडियो भारतको आसाममा छायांकन गरिएको हो । पारिवारिक प्रेम कथामा आधारित रहेको भिडियोमा आशिषसँग आसामकी सुन्दरी मोडल जुनु नाथको रोमान्स छ ।

भिडियोमा आशिष र जुनलाई भर्खरै विबाह गरेको एक प्रेमिल जोडीका रुपमा देखाइएको छ । उनीहरुबिचको असमझदारी भित्रको गहिरो प्रेमलाई कलात्मक शैलीमा भारतीय निर्देशक रिन्तु चौधरीले निर्देशन गरेका छन् ।

फरक शैलीको भिडियो भएका कारण दर्शक श्रोताले नयाँ स्वाद लिने कुरामा आशिष विश्वस्त छन् । मानस कास्यपको सम्पादन रहेको भिडियोको छायांकन बितुल दासले गरेका हुन् । जसको निर्माण एट के एभरेस्ट मोसन पिक्चर्सलेगरेको हो ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  २ : ५२ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा