बालबालिकाको खाजामा घोटाला « Khabarhub

बालबालिकाको खाजामा घोटाला


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धनुषाको सबैला नगरपालिका–१२, रघुनाथपुरस्थित द्वारिका आधारभूत विद्यालयमा वैशाख १० गतेदेखि सुरु भएको दिवा खाजा वितरण कार्यक्रम दुई साता नपुग्दै बन्द भयो।

सरकारले चालु आर्थिक वर्षको बाह्रै महिना पुग्नेगरी बजेट उपलब्ध गराए पनि विभिन्न बहाना बनाई खाजा वितरणमै ढिला गरियो। आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी रहँदा खाजा वितरण त सुरु गरियो तर कमिसनमा कुरा नमिलेपछि तीन साता नपुग्दै बन्द गरिएको एक शिक्षकको आरोप रहेको नागरिक दैनिकमा खबर छ ।

‘एक त गत साउनेखि नै सुरु हुनुपर्ने खाजा वितरण कार्यक्रम अन्तिम तीन महिना मात्र बाँकी रहँदा विद्यालयमा आयो,’ द्वारिका आधारभूत विद्यालयका ती शिक्षकले भने, ‘नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र दलालबीच कमिसनको भागबन्डा नमिल्दा तीन साता नपुग्दै रोकियो।’

विद्यार्थीले खाजा नखाएको दिन पनि गन्ती गरेर बजेट निकासा गर्न खोज्ने र त्यस्तो गल्ती काममा साथ नदिने पक्षबीचको विवादले माथिबाट समयमै पठाइएको खाजा पनि बालबालिकाले उपभोग गर्न नपाएको ती शिक्षकले बताए।

प्रहरी झुक्याएर ५० लाख कमाउन योजना विफल शीर्षकमा अर्को समाचार छापेको छ । हेटौंडा बजारस्थित इलेक्ट्रोनिक सेन्टरका सञ्चालक उमेश घिमिरेले सुन्दै अचम्म लाग्नेगरी गरेको चोरीको नाटक विफल भएको छ। आफ्नै पसलको सामान र नगद लुकाएर चोरी भएको भन्दै बिमा असुल्न घिमिरेले रचेको नाटकीय योजना प्रहरीले विफल पारेको हो।

घटना जेठ ८ गतेको हो। हेटौंडा बजारमै रहेको घिमिरे इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक सेन्टरमा अचानक चोरीभन्दै प्रहरीमा उजुरी प-यो। सञ्चालक घिमिरेले पसलमा चोरी भएको भन्ने हल्ला फिँजाई पत्रकार सम्मेलनमार्फत मिडियाबाजीसमेत गरेका थिए। जेठ ११ गते उमेशका दाजु रुद्रप्रसाद घिमिरेले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चोरीको विवरणसहित निवेदन दिए।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  ७ : ३० बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित