गायिका लताको निधनले सांगीतिक क्षेत्रमा अपूरणीय क्षतिः गायक ढकाल « Khabarhub

गायिका लताको निधनले सांगीतिक क्षेत्रमा अपूरणीय क्षतिः गायक ढकाल


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक रामकृष्ण ढकालले चर्चित गायिका लता मंगेशकरको निधनले सांगीतिक क्षेत्रमा अपूरणीय क्षति भएका बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत् लताप्रति श्रद्धाञ्जली अर्पण गर्दै गायक ढकालले उनको निधनले विश्व संगीत क्षेत्रमा अपूरणीय क्षति भएका बताएका हुन् ।

ढकालले लताबिना संगीताकाश पनि अँध्यारो हुने बताएका छन् ।

उनले लेखेका छन्, ‘सृष्टिको नियम सबैले पालन गर्नै पर्छ, एकदिन जानु त छँदैछ । तर, उहाँको यो अभाव र विश्व संगीत क्षेत्रमा उहाँको अनुपस्थितिमा हुन जाने अपूरणीय क्षतिको महसुस गरेको छु । उहाँबिना साँच्चै संगीताकाश अँध्यारो हुनेछ । उहाँको अर्काे जन्म फेरि यसैगरी विश्व संगीत र गायनका निम्ति निरन्तर भइरहोस् भन्ने ईश्वरसँग प्रार्थना गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’

गायक ढकालले गायिका लतासँग गीत गाएको क्षण स्मरण गर्दै भनेका छन्, ‘मैले उहाँ जतिको महान स्रष्टासँग भेट हुने, कुरा गर्ने र एउटा सिङ्गै गीत गाउने अवसर पाएँ । यो नै मेरो जीवनको सर्वाधिक खुसीको क्षण थियो, तर उहाँको देहावसानले म अत्यन्तै मर्माहत भएको छु ।’

सुप्रसिद्ध गायिका लतासँग गायक रामकृष्ण ढकालले सन् २०१२ को नोभेम्बरमा ‘बाचुञ्जेलीलाई’ बोलको गीत गाएका थिए ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  १२ : १३ बजे

रास्वपाको महत्वपूर्ण चार बुँदे सूचनामा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका

भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

भोजपुर– जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट– चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङको

एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता

काठमाडौं – नेकपा (एमाले)को बिहीबार सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि